आज फेरी त्यहि
कथा दोहोरिएको छ
म बोल्नु र तिमी बोल्नु
एक साथ भएको छ
त्यसैले त हेर
नेपथ्यले बाजी मारेको छ !!!
तिमी हामीबिचको अधैर्यता
र त्यसबाट सृजित अन्यौलता
सुन्ने भन्दा बोल्ने हाम्रो बढी चाहना
फलत: कोलाहलपूर्ण अतिरंजित सिर्जना !!!
हाम्रो गनगन नै उसको खसखस
हाम्रो असमझदारी नै उसको तयारी
ठाडो कान, त्यो काग बडो चालाख छ
त्यसैले त हेर , फेरी बाजी मार्न उ पुरै तम्तयार छ !!!
हाम्रो अतालमेल र असंयता
उ अनभिज्ञ छैन
उसको र हाम्रो बाटो फरक
त्यो कदाचित हैन
मौकापरस्त उ मौकाको ताकमा छ
हाम्रो कमजोरीलाई बल बनाई
आफु अघि बढ्न उचित समयको खोजमा छ
पुन: बाजी मार्न अधैर्य उ
पूर्णतया प्रतिक्षारत छ! !!!
उ- अर्थात नेपथ्यका कालो कागहरु !!!
आफ्नो अन्योलताले गर्दा आफैलाई शंकट निम्त्याउछ र त्यसको फाइदा तेस्रो पक्षले लिने तपाइको मन मष्तिक भएको सम्बाद रहेछ …विल्कुल सहि हो !
जसलाई तपाइले “उ- अर्थात नेपथ्यका कालो कागहरु” भनेर जनाउनु भएको रहेछ !
यो कुरा सबै मा कहिले चेत खुल्नेहो कुन्नि ?
LikeLike
Good one!
LikeLike