..तन्त्रमा रुमलिएको म

Posted: May 2, 2010 in कविता कुण्ड

सबै भन्छन आयो आयो तर म आको मलाई नै थाहा छैन ।
मलाई घुमिफिरी ल्याइदै छ तिमी बिचरालाई वास्ता नै छैन ।
यो म हो र ? यो त सिर्फ प्रतिबिम्ब हो
म त अझै परै छु, अस्तित्व मा नै प्रस्नचिन्ह भो ।

म त आउन खोज्दै थिए, तर मलाई गुमराह पारीयो ।
मेरो नाम गरी दोसल्ला सम्मान अरुलाई नै दिइयो ।
म हेरिरहे, मेरो अगाडि मै तमासा बनेको एक टकले म हेरिरहे ।
बुझेर बुझपचाकाहरुलाई देखी एक तमासले म हेरिरहे ।
मेरो अगाडि मै नाचेको देख्दा एक टकले म हेरिरहे ।

तिम्रो सामिप्यताको लोभमा म लडिरहे, संघर्ष गरिरहे ।
तिमीले हाथ बढाइदिदा खुशीले म पागल भए ।
सामिप्यताको अन्तिम क्षणमा म तब स्तब्ध भए
जब मैले तिमीलाई मेरो छाँयासँग खेलिरहेको पाए ।
…..केबल मेरो छाँया मात्रसँग खेलिरहेको पाए ।

आज हैन भोली, भोली हैन पर्सी, कथा यसरी नै बढदै जान्छ ।
तिम्रो कथा सँगसँगै मेरो ब्यथा अझ बढदै जान्छ ।
कती लाचार र बिबश रहेछु म,न आउन सके न जान नै सके ।
आफ्नै अस्मितामा लुँछाचुँडी हुँदा मुकदर्शक बनी हेर्न पनि सके ।
………..मुकदर्शक बनी हेर्न पनि सके ।

…..**…..लोकतन्त्र, गणतन्त्र आदिमा पिल्सिएको दिगो शान्ति हुँ म…..**……

Comments
  1. …लोकतन्त्र, गणतन्त्र आदिमा पिल्सिएको दिगो शान्ति हुँ म

    कस्तो विडम्बना, शान्ति र लोकतन्त्र एक अर्काका परिपूरक हुनुपर्ने ठाउँमा, हामीकहाँ लोकतन्त्र र गणतन्त्रको नाममा शान्ति नै पिल्सिन्छ !!!

    धन्नका छन हाम्रा महान नेताहरु !

    Like

  2. Prabesh says:

    शान्ति र गणतन्त्र एक अर्काका पूरक हुनुपर्ने देशमा विपरीतार्थक भएको देख्दा यसरी नै मन रून्छ सबैको…….

    Like

  3. Basanta says:

    नेपालको पिडा बोलेको छ कवितामा!

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s