वृद्दाश्रममा भेटिएका दुई वृद्द युवा

Posted: March 21, 2010 in article आहा

” तिमी पत्रकारहरु कती घटना खोज्छौ, एकपटक जीवन खोजेर त हेर“  मेरो मित्रले भनेको यो वाक्य मेरो दिमागमा लगभग चार महिना घुमिरह्यो , जबसम्म म काठमाडौंको वृद्दाश्रम पुगिन । दुई वृद्दा, उमेरले ६० बढी तर जोशले ३५ कम, तारा (तस्विरमा पटुकि बाधेकी) र माया (ओढ्ने ओढेकी) भेटेपछि लाग्यो यो संवाददाताले एक फरक जिन्दगी भेटेको छ, एक जीवन जसलाई हेरेर हजार जीवन जिउन अभिप्रेरित हुनेछन ।

डेढ बर्षअघी अमेरिकातिर लागेका छोराबुहारीसँग ६२ बर्षिया तारा पनि लागिन र लगभग ३ महिनामा अमेरिकालाई मजाले जिएर फर्किन ।
“किन ?”
” त्यहाँ कुन्जिएर जिउनु भन्दा यहाँ दुई फट्को भएपनि मार्न पाइन्छ । फेरी यहाँ नयाँ नेपाल बनाउने भन्दैछन । त्यहाँ बसेर यहाँ टुलुटुलु हेर्न पनि त भएन नि !” यो उत्तर सोचे भन्दा हल्का फरक त थियो नै साथै छायाँदेवी पराजुलीलाई सम्झने एक माध्यम पनि बन्यो मेरो लागि ।
“बुहारी बारम्बार फोन गरेर उतै(अमेरिका) आउन भनिरहन्छे । औधी माया गर्छे मलाई । छोरीलाई अहिलेसम्म कुर्था सुरुवाल भन्दा बाहिर लाउन दिएकी छैन । नेपाली संस्कारमै हुर्काउदै छे । छोरो अली बरालिन थालो अरे। घर त बिना छतको जस्तो लाग्छ, भन्छे । कहिले काँही सोच्छु, कतै नेपाल फर्केर गलत निर्णय त गरिन । हे ईश्वर ! मेरी बुहारी ले छोराछोरिको सुख पाओस् ।” एक सासमै सकिन ति वृद्दाले आफ्ना कथाहरु ।
“बुहारी त गतिलो पाएकी छ मैले, कमैले पाउँदा हुन् । म फर्कदा नि गहभरी आँशु पारेकी थिइ, के गर्नु परिस्थितीले नै ढाँटेपछि…? “आँशु पुछ्दै ति वृद्दाले भनिन ।
यि वृद्दाको मात्र हैन, छेउकै ६४ बर्षिया मायाको पनि यस्तै फरक कथा छ । यि दुवै वृद्दा बुहारी बाट हैन कि परिस्थितीले ठगिएर यस वृद्दाश्रमसम्म आइपुगेका हुन् ।
” मैले जे गरे,एकदम ठीक गरे । घर छोडेर याँ आइयो, एकदम ठीक गरियो ।” म केही सोध्दैछु भन्ने चाल पाएर ति वृद्दाले जवाफ फर्काइहालिन्।
“मेरो बुहारी पनि एकदम गतिली, तर सम्धिनी हैन । कान्छा छोरासँग बस्दा बुहारी की आमा आएर सधैं छोरीको कान भर्थिन । बुहारी एकदम असल, अँ अँ भन्दै यता पनि ठीक्क, उता पनि ठीक्क । कहिल्यै दु:ख दिन तेसले । छोरीसँग सिप नलागेपछि ति बुढी ज्वाँईको कान भर्न थालिन् ।”
भारी आवाजमा ति वृद्दाले भनिन् “अर्काकी छोरी बरु आफ्नो भइ तर आफ्नो छोरो आफ्नो रहेन । “एकछिनको शुन्य बातावरण, अनी एक सुक्क आवाज ।
“छोरो मलाई दाइको मा जाँ भन्न खोज्थो, बुहारी दिन्नथी । अनी दुवैको झगडा हुन्थो । म त डाँडामाथिको घाम, आज हो कि भोली, म बुढीको खातिर तिनिहरुको जिन्दगी किन बिग्रोस्, फेरी जेठाको मा गये नि कुरो त्यही हो । सिधै हानिये यता । यि गतिला साथी भेट्टाइया छ,रमाईलै छ । “ अनी एक माहोल सुहाँउदो तीन मुस्कानको शान्त र हल्का गुन्जन ।
छोराबुहारीसँग बस्ने चाहना हुँदाहुँदै पनि परिस्थितीले बस्न नदिएपनी यि दुवैमा केही खल्लोपन छैन । अझ भनौ भने केही गरौ भन्ने ताता रगतका खोला दगुर्दै छन् यिनी भित्र । तारा कविता लेख्छिन् त माया गीत, भजन गाउँछिन र पनि दुवै यस मानेमा जोशिला कि दुवैको कविता र गीतमा फरकपन छ । ताराको कवितामा समसामयिक बिषयवस्तु हुन्छ त मायाको गीतमा पनि त्यस्तै । त्यती मात्र हैन कैयौ संस्थाहरुमा आवद्द भइ यिनिहरु आफ्नो बुढेशकाललाई छाँयामा राख्न खोज्दै छन्।
२००७ देखी लडिदैछ, अहिलेसम्म । सास रहुन्जेल लड्न तयार छौ तर अब भयो भन्ने ग्यारेन्टि हुनुपर्‍यो । खाली लड्ने मात्रै शान्तिको सास चै कहिले फेर्ने नि ?
वृद्दाश्रमका यि दुई युवा भेटेर लाग्यो ति युवालाई के भन्ने जो नाममा त युवा हुन् तर किन हो बुढ्यौलितिर लम्कदै छन्, जानेर वा नजानेरै सहि ।
Comments
  1. यो फरक प्रकारको प्रस्तुती रोचक लाग्यो मलाई । ओझेलमा परेको समाजकै एक कुना र कोणको तितो यथार्थको कथा जानकारीमुलक नै रह्‍यो ।

    Like

  2. दिलिप जी ले भन्नु भएको जस्तो – अलिक फरक प्रसंग तर ओझेल परेका कुराहरु उत्खनन गर्नु भएको रहेछ … राम्रो लागो ! तर त्यो तितो यथार्थ कुरा ले अलिक मन नमिठो भो !

    Like

  3. जीवन बुझ्ने तपाईंको प्रयास र ती जोशिला वृद्धाका कुरा पढ्दा रमाइलो लाग्यो। हामी जिन्दगी गुनासोमै बिताइदिन्छौँ तर बाँच्ने काइदा यो पनि त छ।

    Like

  4. Ashesh says:

    तपाईँले जीन्दगीको अर्को पाटोलाई कोट्याईदिनुभयो, मन भाँडिने गरि । जीवनको उतरार्दमा पनि देशप्रतिको जिम्मेवारी वहन गर्नसक्ने आँट अनि जीवनभोगाईको सच्चा चित्रणले मनलाई छोयो । कताकता आफैदेखि लाज पनि लाग्यो ।

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s