हिड्दा हिड्दा बल्लतल्ल आइ त पुगियो
तर के अघी बढन सक्छु म ?
जिन्दगीको बाजारमा पुग्न त पुगियो
अब के केही बेच्न सक्छु म ?
नेता बन्न बोली, बिचार बेचे बौद्दिक
कोही बेच्छन पुराना, कोही आफ्नै मौलिक
हुलमुलको जगतमा केही चिज खोज्दै छु म
आफ्नै सपना किन्नको खातिर के बेचु म ?
सोच्दा सोच्दै सोचे सोच बेचु कि म ?
कठ्ठिएका पाखुरामा संचित जोश बेचु कि म ?
देखे,लाइनमा सबै बेच्ने नै रहेछन, किन्ने सार्है कम
मोलमलाईको जमानामा भाउ त के भन्नु झन
साटासाटको दुनियाँमा साटिनै सार्हो
किन्नु भन्दा नि बेचिनै गार्हो
बेचिनको लागि नि दलालै चाहिने
नभएमा त हजुर कामै नहुने
नबेचीइदाको पिडा तिमीलाई कसरी सुनाउ ?
के कस्ता समस्याद्वारा बलात्कृत भए, म कसरी बताउ ?
तिमी नै भन, यो तिरस्क्रित जिबन कसरी जिउ म ?
सम्मानित भइ जिउन के बेचु म ?
सोच्दैछु, म मा केही त होला र न अस्तित्वमा छु
खन्दै जाँदा भेटिएला के कस्ता तत्वमा छु
किन्नेले बुझिदिए सपना सजाउँछु
आजभोलि म यस्तै यस्तै आशमा रमाउँछु
हो, आँफैले आँफैलाई बेच्न केही खोज्दै छु म
आफ्नै जिन्दगी किन्न आखिर के बेचु म ?
दाम्मी कविता!!
Business-Literature को रिमिक्स जस्तो!!
Biz-Literature भन्दिउँ न बरू यसलाई ।
नववर्ष 2010 को शुभकामना पनि साथसाथै!!
LikeLike
सकेसम्म केहि नबेची, आफूलाई नबेची जिउने कोशिश गरौं हामी।
अमेत्य भाइ र यो ब्लगका सम्पूर्ण पाठकहरुमा नव वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!
LikeLike
हो, आँफैले आँफैलाई बेच्न केही खोज्दै छु म
आफ्नै जिन्दगी किन्न आखिर के बेचु म ?
अमेत्य जी, तपाईको कविताले सोला हान्यो मलाई । कविता यथार्थपरक लाग्यो । माथिको पंक्ति चाहिँ सार्है मन पर्यो ।
नववर्ष २०१० को अवसरमा सम्पूर्ण ब्लगरमित्रहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । यो वर्ष तपाईको सफल्ताको वर्ष होस् ।
LikeLike