क्षितिज पारि गाँउमा
केहि चिज टिलपिलाउँदो छ
समाउन खोज्छु
झन पर भाग्दो छ।
छुन खोज्छु
तल माथि गर्दो छ
आँउदो अनि फेरि बिलाउँदो छ ।
मेरो सपना
खै किन हो
मै देखि तर्सिदो छ ।
बिहानी पर्यो ओझेलमा
रात निकै निस्सासिदो छ ।
उकुसमुकुस छटपटाउँदो
पलपल मर्दो छ ।
शिथिल मष्तिष्क
अब एउटा वैशाखी खोज्दो छ ।
मेरो सपना
सजिनु पर्ने आँखामा
हकिकतमा आँशु बनी
अनायसै अनाहकमा झर्दो छ ।
समाउन खोज्छु
झन पर भाग्दो छ ।
मेरो सपना
मै देखि तर्सिदो छ ।
हरपल घिटिक घिटिक
मात्र सास फेर्दो छ ।
निरस निरस लाग्ने भाव….तर फेरि पढ्दाचैँ मजा आउने…कस्तो दोधारे कविता हो यो!! जसले जेसुकै भनोस्…साहित्य भनेको दु:खकै मीठो,त्याग कै मीठो अनि पीडाकै मीठो!!
LikeLike
सपना झन् झन् भाग्दो छ, यसैले पछ्याउनमा मजा छ, सपना भनेर मुख मिट्ठयाएर मीठो दिनहरूको बुइमा ढलक-ढलक चाल मार्नुको मादकता छ । सपना यसैले यस्तै छे ।
त्यस्तो सपनाको खोजमा बहेको तपाईंको कवितामा आम जीवनको नियति गाँसिएको छ । भाव पिरो छ, तर त्यसको तातोपनले न्यानो बाफ छोडेको छ । अमितजीको कविता-यात्रा जारी रहोस् ।
LikeLike
मेरो सपना
मै देखि तर्सिदो छ ।
हरपल घिटिक घिटिक
मात्र सास फेर्दो छ ।
तपाइको कविताले आम नेपाली सपनाको प्रतिनिधित्व गरे जस्तो लाग्यो । माथी अशेषजीले लेख्नु भएजस्तै नैराश्यको धारमा लेखिए पनि कविता पाठकीय आकर्षण वर्करार राख्न सफल छ ।
LikeLike
सपना भन्ने बित्तिकै यस्तै हुने त सपनाकै नियति होला सायद । कविता मिठो लाग्यो । यति मिठा आफ्ना शब्दहरु माझ यौटा 'हकिकत' अलि चामलमा बियाँ देखेझैं लाग्यो । हुनत आजभोली प्रसस्तै बियाँ भएका चामलहरु नै चलेका छन् छन त ।
LikeLike
सपना भनेकै यस्तै हुन् अमेत्य भाइ! तिनलाई पछ्याउने दौडको नामनै जिन्दगी हो। ती सबै भेटिएपनि जीवनको अर्थ र ध्येय सकिन्छ।
LikeLike
ओह ! अमित पोखरेल जी – निकै मिठो भाव ! पढी रहूजस्तो !
LikeLike