काठमाडौं किस्सा – चावहिलतिर हानिदा उल्टै हानिएको म ….

Posted: December 19, 2009 in me n myself
साँझको ५ बजिसकेको छ । आज अनायसै पार्टीको प्रोगाम बनेको हुनाले अफिस छुट्न नपाउँदै मलाई पानीपोखरीबाट चावहिलतिर हानिनु छ । तर आज यो हानिनु शब्द अलिक दरै भाकामा उल्टो तालले मलाई लागुहोला भनेर मैले चिताएको थिइन । चावहिलतिर बेजोडसँग हानिदा उल्टै हनाइमा परे म गज्जब तालले ।
केटाहरु ४/५ जना जति थिए । चावहिलको शान्ति गोरेटोमा म आफ्नै तालले लम्किरहेको थिए । अनायसै एक केटोले तै हैनस् भन्दै यताउति हान्न थाल्यो । चिनेकै कोहि साथी जिस्किरहेको सोची के हुन लाग्यो भनी अवाक रहनु बाहेक मसँग अर्को विकल्प थिएन । त्यो केटो चाँहि उग्ररुप धारण गरी भटाभट मेरो टाउकोमा बर्साउन थाल्यो । जम्मा ३०-४० सेकेण्ड बिचको हाम्रो यो अप्रत्याशित जम्काभेट पुर्णतया आश्चर्यजनक थियो । ‘म होइन “- म रोए, कराए तर ति मित्र पाएको माल कस्ले छोड्छ भनि मलाई मजाले दिइरहे । अन्तमा म उनले खोजेको व्यक्ति हैन रहेछु भन्ने पत्ता लागेछी ‘ तँ सँग के छ निकाल ‘ जस्ता शब्द सुनिए  । त्यतिखेरसम्म म पुरै सेन्सलेस भइसकेको थिए , आँखामा केहि चोट लागेको मैले शंका गरिसकेको थिए । मेरो चश्मा चकनाचुर भै फुटेको रहेछ ।
एउटा आँखा हत्केलाले छोप्दै उनिहरु शानले गइरहेको दृश्य हेर्न म विवश थिए , पुरै होशहवाश बिनाको भइसकेको थिए म । न विरोध गर्न सके न म तिर बढ्दै आएको भिडलाई ति केटाहरुलाई समात्नुस नै भन्न सके । अनायसै घटेको उक्त घटनाले मेरो सोचनशक्ति गुमाइसकेको थियो ।
तत्कालै साथीलाई घटना घटेको र बाटो बिराइ ॐ हेल्थ क्याम्पस अगाडी पुगेको फोनमार्फत जानकारी गराए । आँखाबाट रगत बग्न कम भएको थिएन । एक घरमा पानी मागी आँखा सफा गरे । साथी आइपुग्दा आत्तिइसकेको मेरो मनले राहतको एक सास फेर्यो । सँगैको क्लिनिकमा गइ देखाउँदा नानीछेउ असर गरेको र टिचिङ नै जान सुझाव पाइयो र तत्कालै हानियौ हामी उतै तर्फ । यो असोज २८, २०६६ (बुधबार) को कुरा हो ।

टिचिङ हस्पिटल, महाराजगंज मा प्रथमत मेरो आँखाले प्रष्ट काम गरेको छ वा छैन भनी परको वाक्य पढ्न लगाइयो । आँखाको पावर – 1.5 भएको जानकारी दिदै पढे । आँखाको प्रेशर नापियो , साथै एक्स- रे र अल्टासाउण्ड मार्फत आँखा शिशाले कटिएको तर नानिलाई नछोएको तथा शिशा भित्र नदेखिएको भनी रिपोर्ट आँउदा केहि हर्षित हुन गयो कहालिएको मन । अपरेसनको मिती भोलि असोज २९, बिहिवार बिहान ९ बजेको तोकियो ।

डाक्टर रन्जु खरेल मेरो अपरेसनमा एक सिनियरका साथ आउनुभयो । उचित परामर्शका साथ मेरो आँखा (देब्रे) लठ्ठाई अपरेशन हुदै थियो र मलाई अपरेशनको बारेमा जानकारी पनि गराइदै थियो । देब्रे आँखाको देब्रे भाग (सेतो) कटिएको र परेलाहरु पस्न गएको हुँदा आँखा सफा गर्ने र साथै टाँका लगाउने काम भइरहेको मैले चाल पाइरहेको थिए । अपरेशन पश्चात फोटो खिच्ने कार्यक्रम त छदै थियो ।
बेलुका अफिसका साथीहरु र दिउँसो सरहरु आउनु भयो । साथीहरुलाई आफुमाथि घटेको घटना स्वादिलो पाराले सुनाइयो र मज्जाले हाँसियो पनि । दु:ख मनाउ गरेर बसी राख्नु जरुरी पनि त थिएन नि ।
एक हप्ता जति अस्पतालमै राख्यो र अर्को झण्डै झण्डै एक हप्ता कोठा (लाजिम्पाट) बसियो । पछि अफिस जाँदा त म अलिक पुक्क पुक्क भइसकेको रहेछु  । एउटाले एउटा आँखामा दिदा यस्तो ज्यान लाग्यो अर्को आँखामा नि बजाको भए त दरै ज्यान लाग्ने रहेछ नि है !!!!! साथीहरु जिस्किदै थिए ।
Comments
  1. Aakar says:

    ओहो, गज्जब ले नै बजाको रै'छ त ! जे होस्, अहिले ठिक हुनुभइसकेको रहेछ । बधाइ छ ! अनि लास्ट को अनुच्छेद ले चाँहि साह्रै हाँसियो है ! हा हा हा

    Like

  2. Ashesh says:

    मैले त डराई डराई पढेँ(सुरूमै फोटोहरू हेरिसकेको भएर) तपाईँको लेख । धन्न केही भएन छ तपाईको आँखामा । धत् मलाई त हाँस्न मन लागेन!!

    Like

  3. Milan says:

    असती पापी मुर्दारहरु | अब दिउँसै सडकमा नि हिड्न डरमर्दो भो |

    यो हाँस्नु भन्दा नि … दु:खि हुनु र सोच्नु पर्ने बेला हो |

    अब देखि जोगिएर हिन्नु | स्वास्थ्य लाभको कामना |

    Like

  4. Bijay Mishra says:

    o mitra ahile jamana nai tetai chha. Kasaile sahayok garlan vanera na chitauda ni hunchha. Ani ti keta haru lai pheri kahile vetnu wa dekhnu vaena ta??

    Like

  5. मैले पनि डराई-डराई पढें र मनमा मिलनजीको जस्तै भावहरु आए ।

    यो त अत्ती भयो ! आफ्नै देशको बाटोमा हिँडन पनि सोचेर हिँड्नु पर्ने रे ! कस्तो गणतन्त्र हो यो ?

    Like

  6. मलाई हेर्दै सुतेको तस्बीरे छक्क बनायो । के रैछ भन्दै डराउँदै पोष्ट पढे ! तपाईको घटनाले मलाई सोच मग्न बनायो अमेत्य जी ।

    शान्ति सुरक्षाको प्रत्याभूति छैन अहिले ! मानिसहरु प्रत्येक दिन यस्तै घटनाहरु सामना गरिरहेका छन्, के भई रहेछ अहिले त्यसै अन्जान बस्नुपरिहेको छ । यहि नै हो नेपाली हुनुकको नियती ?

    Like

  7. Basanta says:

    दु:ख लाग्यो भाइमाथि घटेको यो घटना सुनेर। त्यस्तो ठूलो समस्या भने केहि पनि रहेनछ र अब पूरै निको भयो भन्ने थाहा पाऊँदा खुशी पनि लाग्यो। अमित भाइको sense of humour लाई सलाम!

    तर एउटा कुरो क्या, भाइको अनुहार काठमाण्डुको कुनै गुण्डोसंग हु-बहु मिल्ने त छैन कतै? हो भने यस्सो जुँघा-दारी पाल्ने वा अरु केहि उपाय गरिहालौं है, पछि-पछि पनि यस्तै हुनसक्छ नत्र:)
    गफमात्रै है।

    Like

  8. prakash says:

    Amit jee,Iam pretty sure that you know them when you encounter them again.Please react them when you meet them.Always use newtons third law.
    It is better to carry a knife when you walk out.Hide it in your shoes or jacket.Carry small but effective one.Hit them back when even you are alone,never ever ever be quiet and get hit.Better hit them,face the challenge everywhere..Be stonehearted that time.If they hit you once,hit them back once.
    Iam really sorry to know that you got squeezed by those thugs but this is Nepal-A New Nepal…Take care and be cautious always.Look aroud,back and forth when you walk.But please! Always use “Newtons third law of motion”.
    Prakash
    California

    Like

  9. Anonymous says:

    Hi Aimt,
    You are doing a great job.

    I just got your blog.Now I will regularly go into your blog.

    Sad to read this incident.

    Take care.

    Keep it up.

    Cheers!!!!!!!!!!

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s