एक जिन्दगी- A poem from frustrated mind

Posted: March 6, 2009 in कविता कुण्ड
Tags: ,

एक जिन्दगी
जीवनदेखि मृत्यू
गोल गोल वृत झै
शुरुदेखि अन्त्य
अनि यात्रामा भेटिइन्छ
मात्र -दुई क्षण सासको साथ ।

यात्रा अनवरत
सहयात्री अनगिनत
र पनि मन उदास
कारण- व्यक्ति पिच्छे फरक फरक।

Comments
  1. A poem from frustruated mind भनेको ठिकै लाग्यो । तर poem title भन्दा पनि अझै frustruated !! किन यस्तो frustruated हुनुभाको हौ तपाईँ ??

    Like

  2. आकार says:

    हैन, किन यति विघ्न फ्रस्ट्रेटेड ???

    Like

  3. मिलन says:

    कबिता १० पटक भन्दा पनि बढ़ी पढें… के लेख्ने फुरेन…

    निराशाबादी कबिताको कुरा गर्दा मेरो एक जाना दाईले भन्नु हुन्थ्यो…
    “चार वटा निराशाको कबिता लेख्दैमा मान्छे कहाँ निराशा बादी हुन्छ र ?” म प्रार्थना गर्छु… मेरो प्रिय साथीका यी भावना सिर्फ कबिता मात्र हूँ….

    हैन भने आफु जति बाँचीन्छ निराश भएर बाँच्नुको कुनै अर्थ छैन … निराशा मै कुनै मज्जा भेटेको छ भने अर्कै कुरो

    Like

  4. लेख्नेले निराश भएर नलेखे पनि पढ्नेमा निराशा छाउने भन्दा पढ्दा आशा पलाउने कविता नै राम्रो हैन र ?

    Like

  5. Deepak Jadit says:

    बुझाई आफ्नो आफ्नो । जीवनको सत्य लेखिएको पाएँ मैले त निराशावाद देख्नै सकिंन ।

    Like

  6. chudamani says:

    अमेत्यजी जिन्दगी भोगाईबाट परिभाषित हुनेकुरा हो जस्तो लाग्छ मलाई न कि परिभाषा अनुसार भोगिने कुरा | तै पनि युवा अबस्था भाव त अनेक हुने नै भए | तपाईंको भावसंग मेरो पनि एक भाव जिन्दगीको |
    **
    जीत हो जिन्दगी हार हो जिन्दगी
    प्यार हो जिन्दगी पत्यार हो जिन्दगी
    निरन्तर बगिरहेछ समय खोला जस्तो
    भोगाई छ अनेक आधार यो जिन्दगी ||

    Like

  7. यती कुरा मा चाहि म तपाईलाई विश्वस्थ बनाउन चाहन्छु की विरक्तता बाट पनि जीवनको मुल्य पहिचान हुन बेर हुदैन ।

    Like

  8. Eternal says:

    Wonderful poem..showing the absurdity of life…indeed lifes absurd..
    Wonderful potrayal of life..in this way…

    Like

  9. Ashok says:

    कविता धेरै राम्रो लाग्यो, जिन्दगिलाई बुझेको मान्छे हुनुहुंदो रहेछ ।
    http://ilostangel.wordpress.com

    Like

  10. sapan says:

    i love this poem because this poem is for those who knows the life in hell hahahahhaha

    Like

  11. saanzu says:

    i love this poem……….because this is the reality of kathmandu.

    Like

  12. saanzu says:

    i like this poem because this is the reality of kathmandu.

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.