झुकेको ओसिलो नयन
एक अन्तिम दर्शन मात्र
दृश्य देखी जान पाए
हुने थ्यो पर्याप्त
कसरी सम्भव छ ?
न बोलिबाट न आँखाबाट
पुरै असम्भव छ
न जतायौ माया कुनै भावबाट
माया ! बताइन्न मित्र
महसुस गरीइन्छ
महसुस गर्दै मात्र
भावाविहोर भइन्छ
उफ ! हे कवी महोदय
मनको कुरो मनमै राख्नु
अली बेठिक हो
भन्दै नभनी उनले सुनिन
भन्नु कति सम्मको उचित हो ?
ए मेरा पाठक महोदय
ढुकढुकीको सुमधुर संगीतमा
आँखा मदमस्त हुने गर्छन्
मायाको यो अलौकिक भाषामा
आवाज प्राय: हराउने गर्छन्
हे कवि महाराज
तिम्रो कविता तिमी नै जान
माफ गर, तिमीमा अल्झिए
भुल भयो अन्जान
अमित खोज्दै हिडिथें
कवि अमेत्य फेला परिगो
एक त बेहाल थियो जिन्दगी
अब त झन् कता हराइगो………
साह्रै रमाइलो लाग्यो : “हे कवि महाराज
तिम्रो कविता तिमी नै जान
माफ गर, तिमीमा अल्झिए
भुल भयो अन्जान
अमित खोज्दै हिडिथें
कवि अमेत्य फेला परिगो
एक त बेहाल थियो जिन्दगी
अब त झन् कता हराइगो……”
हाहाहाहाहा………………………………………
अनि यो पनि सत्य नै हो नि:
“माया ! बताइन्न मित्र
महसुस गरीइन्छ
महसुस गर्दै मात्र
भावाविहोर भइन्छ”
LikeLike
खास माया भनेको यस्तै हो अमेत्य:)
LikeLike
kasto emotive expression…….
I feel like meeting you over a cup of coffee…
LikeLike
Reall too much expressive….!!!
Truly, love is felt hai…
Loved every wordf the poem…!!!
Touching
LikeLike