बिचार राख्न के को डर ?

Posted: July 19, 2008 in बिचार गुत्थी

डर हैन, सबैभन्दा ठुलो डर यसैमा छ । “लोकतन्त्र नै सबैभन्दा गतिलो प्रतिशोध हो” बिचार  राखी अघी बढेकी बेनजिरले २००८ देख्न पाइनन्, यसको ताजा प्रमाण हो यो ।

‘ बिचार  राख्न के को डर ?’ लाई अंगाल्दै बिचार  पोख्न पोख्तहरु अर्काको बिचार लाई १% पनि राम्ररी नकेलाको दृश्य फेरी दु:खलाग्दो बिषय हो । सबभन्दा धारिलो प्रहार- बिचार  सही तरिकाले प्रयोग नगरिए बिचार  सस्ट्रा नभै बिचाराधिनले सम्बोधित नगरिएला भन्न सकिन्न ।

मोहनदास करमचन्द गान्धी महात्मा गान्धीमा परिणत भए- मात्र एक बिचार  पछ्याउँदा । इतिहास पल्टाउन सक्ने सामर्थ्य राख्ने एक बिचार को सहायताले भारतले अंग्रेजहरुलाई आफ्नो इतिहासभन्दा अघी बढ्न दिएन । तोप र गोलाको बौछार अगाडि नांगो तर दृण बिचार  लिइ महात्मा गान्धी बढ्दा आज भारतले भन्न पाएको छ- “भारतियहरुको भारतमा तपाईंलाई स्वागत छ”

९० को दशकसम्म  भारिभरकम शब्दको उपाधिले बिभुषित बिचार  आजकाल किन हो सस्तो भाउमा जता पनि पाइन थालिएको छ । बोली  बेच नेता होउ, बिचार  बेच बौद्दिक कहलाउ । आशा कल्पित मुहार र स्वर्णिम सपनामा व्यस्त आँखा केही हेर्न चाहन्छन तर यहाँ आश्वासनका ठुला ठुला पोका बिचार , मिडिया र स्वार्थको संयोजनबाट यसरी पस्किइन्छन कि मानौ ति आँखा यो भन्दा ठुलो चिज हेर्ने सामर्थ्य राख्दैनन् । सामर्थ्य राखे सुर्यलाई एक टक हेर्दा ज्योति बिलिन भए झै अवस्था आउनेछ ।

 बिचारै बिचार को संजालबाट यो देश मात्र नभै पुरै विश्व एक फरक बिचार  चाहन्छ, भोक जाग्रित गराउने बिचार  न कि खोक्रो आडम्बरको ठेलीले मुखमा बुजो लगाउने बिचार ।

फरक बिचार  लिएर हिंड्नु निश्चय नै सहज चाँही छैन । नमुना, सिद्दान्तवादी, एक्लो आदी इत्यादी उपनामहरुलाई अंगिकार गर्न सक्ने साहस र ठुलो हृदय हुनुपर्छ । क्रान्तिको जन्म बिचार को शशक्तिकरणबाट नै शुरु हुन्छ । एक बिचार को उत्पतिले मानव सही अर्थमा मानव कहलाउँछ अनी त्यसको असार एक देश वा पुरै विश्व महसुस गर्छ । न्युटन, आइन्सटाइन जस्ता बैज्ञानिकहरुको बिचारको धरातलमा टेकी आजको विश्व यो समयसम्म आइपुगेको छ । मार्टिन लुथर किंगले ५०-६० को दशकताका बर्ण बिभाजनको मुद्दा उठाउँदा आज कोण्डोलिजा राइस्(अश्वेत महिला) बिदेशमन्त्रीको कार्यभार सम्हाल्दै छिन् । मात्र बिचार  साथमा लिइ मुद्दा उठाउनु सहज भने पक्कै हैन, सहि बिचार  सहि तरिकाले उठाइएको छ भने त्यसको सहि प्रतिफल वर्तमानले नपाए पनि भविष्यले अवश्यै पाउनेछ भन्ने आशय माथिको पङक्तिले दिएको छ ।

अमेरिकी साम्राज्यवादको बिरोध गर्दै २० को मध्य शताब्दीतिर राजनीतिमा होमिएका फिडेल क्यास्ट्रो क्युबाका महानायक हुन् । दक्षिण अफ्रिकाका नोबेल पुरस्कार विजेता नेल्शन मण्डेला पनि आफ्नो बिचार  अटल र दृण तरिकाले अघी बढाउन सफल भएकै कारण एक अर्थमा सफल भएका हुन् । नितान्त फरक बिचार  लिएर हिंड्नु भनेको चिप्लो बाटोमा हिंड्नु झै हो, पुरा शरीरलाई एकदम सन्तुलित बनाइ पाइला पाइला चाल्नु नितान्त जरुरी हुन्छ । यस्तो अवस्थामा छोटो बाटो पनि निकै लामो लाग्नु स्वाभाविक हो , तर बाटो कच्ची भए नि संकल्प पक्का भए लक्ष्य अवश्य भेटिइन्छ, अन्यथा  दलदल नभेटिएला भन्न सकिन्न ।

बिचार  सधैं राम्रै हुन्छ र राम्रै तरिकाले राखिइन्छ भन्ने कदापी हैन । आतंकवादका बिचारहरु बम, बारुद र सुसाइड बमर आदी द्वारा संसारसामु राखिइन्छ भने साम्राज्यवाद तथा शक्तिवाद राजनीतिको साहारामा ठाउँमा पुग्न सफल हुन्छन् । तेलको राजनीतिको लागि इराकी राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गरेको अमेरिकाले आफुलाई ढाकछोप गर्न एक बिचार उत्पन्न गर्‍यो-‘इराकी जनताको स्वतन्त्रताको ‘ निरंकुश बिचारबाट नै सही सद्दाम हुसेनले सशक्त रुपले राखेको इराक अहिले अमेरिकी बिचार लादनाले पूर्ण अस्तब्यस्त छ । (याद राखौ नेपालमा पनि माओवादी बिचार  लादने प्रयास हुँदैछ ) भग्नावशेषको स्थितीतिर बढीरहेको इराक कुनै दिन अवशेषमा मात्र रहे आश्चर्यमान्नु पर्ने कुनै कुरो रहदैन किनकी जब बिचार  परिवर्तन हुन्छ तब संरचनामा पनि अवश्यै परिवर्तन देखापर्छ- त्यो राम्रो पनि हुन सक्छ अनी नराम्रो पनि । ‘

Comments
  1. आकार says:

    हो नि, विचार राख्न के को डर । हैन र ?

    Like

  2. arjun says:

    ” याद राखौ नेपालमा पनि माओवादी बिचार लादने प्रयास हुँदैछ” i sory to say that i disagree with given बिचार ..

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.