Totally personnel…….A same person तिमी in real world with you and ‘तिमी’ in virtual world with me……….no one understand this…only i and who try to understand this……..
तिमीलाई पछ्याइ हिड्दा
म भित्रको ‘तिमी’ मर्ने भो
तिम्रै अस्तित्व बचाउन
बाध्य भइ टाढा हुनु पर्ने भो
कल्पनाका दर्पणमा
तिम्रो आभाष सदैव पाइँरहन्छु कि ?
यो शिशु त तिम्रै हो
म मेरो नाम दिन सक्छु कि ?
चाहिन्न तिम्रो स्पर्श
मेरो संसारको तिमी हराउने भो
तिमीलाई केलाउने अवसर पाउँदा
म भित्रको शिशु निस्सासिने भो
म भित्रको ‘तिमी’ बेग्लै हो
बिना तंरगको
तिम्रो एक पुकारले मात्र
यो पानी धमेलिने भो
भन, मात्र तिम्रो सामिप्यताको लागि
म भित्रको ‘तिमी’ किन पर साँरु ?
मात्र एक दर्शनको लागि
म मेरो आँखा किन खोलु ?
यि आँखा जो तिमीलाई नै हेर्दैछन्
यि आँखा जो तिमीलाई नै खोज्दैछन्
टाढै रहेर सही
‘तिमी’ पात्रलाई महसुस गर्न पाउँ
मात्र शरीरको तातो पाउन
भन, म तिमीलाई किन नंग्याउ ?
म तिम्रो समिप आए
तिमी नांगिन्छौ, यो यथार्थ हो ।
तिम्रो बीज त लिइसके
यो शिशु, प्रमाण भो ।
बिना कुनै संपर्क, वास्तविकता यही नै हो ।
तिमीबाट ‘तिमी’ बचाउन, टाढिनु, बाध्यता हो ।
Good one Ametya! Quite romantic and emotional.
LikeLike
शब्द सयोजन र अर्थ मारमिक छ । यस्तै समय निकलेर बेला बेलामा लेखने गर ।
LikeLike
Yo yugbodh garnu mero aakangshya
Yo bhawisyha lekhne utkat lakshya
yo duri ko lambaile achhuto hune bho
timro bachanko isaara le apuro rahane bho!!!!
Wrote nicely .. cheers dude!!!!
LikeLike
Wow…..m feling speechless…
You are really a wonderful poet
LikeLike