राजधानी सारेर हेर्दा

Posted: May 21, 2008 in बिचार गुत्थी

नेपाल देश मात्र एक हो तर यहाँ तीन देश बाचेका छन् । एक काठमाडौं, दोश्रो मोफसलका शहरहरु र तेस्रो सुदुर पश्चिम ।

हरेक सुबिधाले सु-सम्पन्न काठमाडौंमा लाग्छ जिन्दगी कुद्दैछ,सहरलाई हेर्दा लाग्छ त्यहाँको जिन्दगी चल्दैछ र सुदुरको जिन्दगी त ठप्पै छ भन्दा नि हुन्छ । एकै देशभित्र रहेर पनि यत्रो फरक किन ? अनी समाधान के त ? प्रान्तिय क्षेत्र अर्थात स्वायत्त प्रदेशमा बिभाजन गरेर यसको समाधान होला त ? उत्तर अहिले थाहा भएन तर काठमाडौंलाई हेरेर एक समाधान निकाल्न सकिन्छ कि? काठमाडौंको जिन्दगी कुदेको त छ तर एकोहोरो,एक्लो अनी भिडै भिडमा दुर्गन्धित भइ। राजधानी अन्त सारे के होला ? काठमाडौं एक पर्यटकिय नगरीको रुपमा परिभाषित होला, जनसंख्याको चापले थिचिएको यस खाल्टोले राहतको सास लेला अनी मन्दिरै मन्दिरको सहरमा मल्लकालिन ति कलाऋतिले म बाँच्ने भए भनी सास फेर्न सक्थे होलान् । राजधानीको टोपी अर्कैलाई लाउन दिए उ पनि कुद्थ्यो कि ? साथै अरुलाई पनि कुदाउथ्यो कि ?

जिन्दगी मात्र किन ? शिक्षालाई नै हेरौ न, काठमाडौंको शिक्षाले ब्यबहारिकताको धरातलमा दर्‍हो पाइला चाल्न सिकाउछ भने मोफसलका शहरले मात्र बोल्न सिकाउछ, अनी सुदुरको शिक्षा त के भन्नु, बोली फुटी तोतेबोली निस्के भाग्य । काठमाडौं केन्द्रित ऋयाकलापले गर्दा काठमाडौं त अकासियो तर सर्बत्र अँध्यारो छाएको महसुस भयो । के यसको समाधान नै छैन त ? काठमाडौंलाई मात्र पर्यटकिय नगरीको रुपमा परिभाषित गरे के केही हानी होला ? मात्र एकपटक सोचौं, कही काठमाडौं केन्द्रित बातावरणले अन्य जिन्दगी त निस्सासिरहेका छैनन् ? राजधानी र टुरिस्ट एरिया दुबैको भार सहन नसकी के काठमाडौं जनसंख्या, दुर्गन्ध, चाप, एकोहोरोपना, ब्यस्तता, आदी इत्यादिको दलदलमा भासिदै छैन ? सोच्दैमा के फरक पर्छ र, एकपटक सोची हेरौ न ।

Comments
  1. aAkaR says:

    you are right……

    Like

  2. Basanta says:

    ठीक कुरा हो अमेत्यको! यो मान्छेलाई काठमाडौंले साह्रै विरक्त बनाएजस्तो छ, अब फेरि कहिल्यै आउँदैन कि क्या हो:)

    Like

  3. aAkaR says:

    anyway………… जय नेपाल ! जय गणतन्त्र !! 🙂

    Like

  4. मलाइ पनि काठमाण्डौलाइ राजधानी भन्न नै मन लाग्दैन। फोहरको थुप्रो,प्रदुषित बाताबरण,अब्यबस्थाको उत्कर्ष,संबेदना शुन्य कठपुतलि जस्ता मानिसहरु,।ब्यर्थको बकबास र दलालिमा टिकेकोछ काटमान्डौ।पुराना कथाहरु बाहेक के छ र् काठमान्डौसंग। नया नेपाललाइ पुरानो काठमान्डौले धान्न सक्दैन,।कान्तिपुरको भोग सकिए जस्तो छ।

    Like

  5. Sameer says:

    yes you are right, its time to think about it

    Like

  6. sajansan says:

    khoi ametya

    no new post? any, gantantra ko bida manai raheko ki rajtantra ko antyako sookh? any way just kidding
    i was expecting some new post form you on your site as well as hamroawaa.com too.

    Like

  7. Sameer says:

    kata harayeko? 😉
    it’s long time you haven’t updated it? how r u and how’s days are going on……..

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.