म त साथ दिदैछु, तपाईं नि ???
पाइला जब बढ्छ तब थाहा हुन्छ गन्तब्य के हो ? यिनी आफ्नो गन्तब्य पहिल्याउँदै पाइला अघी सार्दैछन्, आश छ सहयोगी हातहरुको । म त साथ दिदैछु, तपाईं नि ???
“समान शिक्षा” निती अंगाल्दै गुल्मीका यी युवा एक पुस्तकालय स्थापना गर्ने सोचका साथ अघि बढेका छन् । आफ्नो एकल प्रयासबाटै हर्मिचौर उच्चमाध्यमिक बिद्यालय, गुल्मीका लागि हालसम्म १६०० पुस्तक जगेर्ना गरिसकेका यी युवाको नाम हो -हरि पाण्डे । कान्तिपुर पत्रिकाका भित्ता भित्तामा ‘पुस्तक खोजी’ भन्दै पाठकहरुसँग अनुनय गर्दै गरेका यी जोशिला युवा प्राथमिक तहदेखी दस जोड दुई तहसम्मका पाठ्यक्रममा आधारिततथा पाठ्यक्रम बाहिरका जुनसुकै बिषयका पुस्तकको पर्खाइमा छन् । तपाईंसँग पनि पढिसकेका पुस्तक छन् भने उहाँको संघर्षमा सहकार्य गर्न फोन गर्नुहोस्- ९८०३२०२५१०, काठमाडौं । एउटा मात्रै पुस्तक छन् भने पनि एकपटक उनिलाई सम्झनुहोस्, उनी तपाईंको दैलोमै हाजिर हुनेछन् ।
तपाईं जस्ता शुभचिन्तकको न्यानो अभिवादनले हौसिएका यी गुल्मीवासी युवा पुस्तक साथै कम्पुटर सम्बन्धी सामाग्रीलाई पनि प्राथमिकता दिइ लाग लागिपरेका छन् । शहर तथा गाउँ बिचको असमान शिक्षाको तिक्ततालाई आफ्नो सानै सहि प्रयासस्वरुप केही राहत हुने अपेक्षा लिएका यी अपरिचीत मित्रलाई केही सहयोग गर्नुहोस् – बाँकी उनी आँफै गर्नेछन् ।
तपाईंको तर्फबाट मात्र एक कल फोन र सहयोगस्वरुप केही पुस्तकहरु ।
यदी तपाईं म जस्तै शुन्य (बिना कुनै पुस्तक) र ब्लगर हुनुहुन्छ भने तपाईं उनिलाई अझ दरिलो तरिकाले सहयोग गर्न सक्नुहुन्छ – उनको यस एकल प्रयासलाई जगजाहेर गर्नुहोस् र एक नैतीक समर्थनको परिचय दिनुहोस् । आफ्नो ब्लगसाइटमा उनको प्रयासलाई स्थान दिनुहोस् र अन्य साथीहरुलाई यसबारे जानकारी गराउनुहोस् ।
तपाईंको सानै प्रयास कसैको शैक्षिक स्थिती बदल्ने क्षमता राख्न सक्छ । म त यी अपरिचित मित्रलाई नैतीक तवरले समर्थन गर्दैछु, तपाईं नि ?????
hi ametya…have a nice weekend!
LikeLike
Hey ametya, I had to change the URL of the blog that’s why I deleted the previous one and imported everything into a new URL.
It’s now –
http://mothshutup.wordpress.com
please update your links.
I might have some computer related books.. may be I will call this guy up someday. 🙂
LikeLike
Well i guess i saw an article in Kantipur that he is now trying to add computers to the library too ………….
LikeLike
nice work of Hari Pandey. I wish him luck.
and you have a very nice blog. Keep it up.
LikeLike