तिमि जे भन,
स्वीकार गर या नगर
सुन या नसुन
म सुनाउदै छु
मैले सुनाउदा तिमीलाई दुख्न सक्ला
मुटू छुन सक्ला
आँखा रसाउन सक्ला
तिम्रा दुख पीडा वा आंखका रसाईहरुमा
न कुनै भाबना पो छ की मेरो लागी?
तिमीले बुझेनौ भनेर दोष दिनु भन्दा
मैले तिम्रो भावना पो बुझ्न सकिन की?
तेसैले म सुनाउदै छु
प्रेम मंचको पर्दा खोल्दै छु
बर्षौ बर्षौ संगै हिडेको हाम्रो यात्रालाई
एउटा शिर्षक दिदै छु
तिमी स्वीकार गर या नगर
सुन या नसुन
जीबन चित्र बनाउन रंगहरु थप या नथप
मैले त चित्र बनाईं सके
तिमीलाई मन नपर्न सक्ला
मेरा जीबनका रंगहरू उराठ लाग्न सक्ला
ओ हो ..तिम्रो तर्फबाट मैले सोच्नु भन्दा
तिम्रो तर्फबाट नाना थरी बोल्नु भन्दा
मैले सोचेको,बुझेको र बर्षौ बर्ष साचेको यति की
तिमी भित्र मैले आफुलाई पाएको छु
तिम्रा आंखाहरुमा आफुलाई देखेको छु
तिम्रा पीडाहरुमा दुखेको छु,
खुशीहरुमा हासेको छु
तिमीजता भएपनी मैले नजिकै पाएको छु
आफ्नै ठानेको छु
पबित्र मन भित्र साचेको छु
यदि तिमी मेरो यो भावनालाई “प्रेम” शीर्षक दिन्छौ भने
हो मैले तिमीलाई प्रेम गरेको छु
साच्चै प्रेम गरेको छु
Note: The poem has been created by Sahadev Paudel, a talented theatre actor who is broadcasting Himali Swarharu, an online radio program from New York.
हिमाली स्वरहरु न्यूयोर्क शहरबाट तयार पारिएको साप्ताहिक नेपाली सामुदायिक रेडियो कार्यक्रम हो….हरेक मंगलवार कार्यक्रमको नयाँ भाग तयार हुन्छ…
for more information, plz see the following links
http://sahadevision.blogspot.com/
www.himaliswarharu.com
http://eworld.blogsome.com/
Beautiful poem and thanks for letting us know about Nepali Online Radio. 🙂 Thanks Ametya Ji
LikeLike
nice poem created by Sahadev paudel ant thanks for sharing information about him.
LikeLike
Thank You Amit for posting this poem.
Navin & Sammer Jee….Thank You for your comments.
Keep reading..
LikeLike
Nice poem!
LikeLike
thank you all to give intrest on Online Radio Program “Himali Swarharu” ….
….himali swarharu…..you can click this to know the poem that i have written for it.
LikeLike
it’s really nice yar………
LikeLike
nice.. interactive.. can SAHADEV make it more “PARISKRIT” .. still its good one…
http://blogstreet.wordpress.com
LikeLike