बेंगलोर ब्यस्त, मैसुर मस्त

Posted: December 21, 2007 in Travel Tour
Tags:

लगातार २ दिनको यात्रापछि बल्ल पाइला टेक्न पुगिएको  बेंगलोरलाई एक नजरमै हाई र बाई गर्दै हानियौं हामी मैसुरतर्फ । मैसुरसम्म पुगिदाको ट्रेनबाट देखिने हरिया र शान्त तथा शितल
दृश्यावलोकन एकदमै मनमोहक थिए ।

मैसुरमै सुनेको हो मैले airtel को original music, T.V. भन्दा अझ उत्कृष्ठ र अझ हृदयस्पर्शी । मात्र बाँसुरी र हावाले दौतरी लाउँदा निस्केको त्यो धुन च्वास्स मुटु छेडेर आँखा बन्द गराउने खालको थियो । चामुण्डेश्वरी मन्दिर दर्शन गर्न उकालो चढ्दै जाँदा देखिएको तल मैसुरको (विहानीपखको) दृश्य मानसपटलबाट हटाउन अझै हम्मेहम्मे पर्छ मलाई-यती आकर्षक र बातावरण अनुकुल कि मानौं भर्खरै पानी परेर हरेक चिज पखालिदा नयाँ र नौलो भएका छन् ।

इन्डियाको मन्दिर जे होस् मान्नै पर्छ, पथ्थरै पथ्थरबाट एक जिवन्त शैलीमा ढालिएका । कुनै कुनै मन्दिरमा त भित्रभित्रै हराइने भन्या, त्यती बिशाल र सुरुङ्गी तालको ।  त्यो मन्दिरको नाम त ठ्याक्कै बिर्सें तर त्यहाँ पूजा गरिदाँको गीतको संगीत अझ तरोताजै छ ।

साँझमा कर्नाटक र तमिलनाडु छुट्टाउने नदि(नाम बिर्सें) लाई अंगालो मार्दै बनाइएको व्रिन्दावन गार्डेन पुग्दा यस्तो महसुस भयो कि एक छुट्टै संसारमा पुगिदै छ, हामीले कल्पनामा देख्ने गरे जस्तो । ( साँझको समयमा भान पनि पर्न सकेको हुन सक्छ )
यसरी कलमसँग पछि मित्रता गाँसिएला भन्ने त्यतिखेरै थाहा भैदेको भए त कुरै अर्को हुन्थो होला, तर के गर्ने यसरी भोलिको आज नै थाहा हुने भए भोलिले भोलि कहिले नि देख्न पाउन्न थ्यो होला ?

व्रिन्दावनको सांगितिक फोहरा एक मात्र प्रमुख आकर्षणको केन्द्र हो जहाँ संगीतको तालसँगै पानीको फोहरालाई नचाइन्छ । संगीतको मजालाई होहल्लासँगै नाचेर लिन खोज्दा साथी कमलले त भेट्यो नै (खुट्टामा)साथै संजयले पनि झन्डै झन्डै -लट्ठी, त्यहाँको सुरक्षाकर्मीको । बिना कुनै हल्लाखल्ला शान्त तरिकाले सांगितिक फोहराको मजा लिनुपर्ने कुरो चित्तबुझ्दो त थिएन तर विकल्प पनि त केही थिएन । तर संजयको expression चै गज्जबको थियो, हातमा लट्ठी लिएको सुरक्षाकर्मी देखेर पनि नबुझी तर्सिएको expression ।

यस्तो मस्त मैसुरको मस्तीपछि उटपट्याङ उटिमा हाछँयु गर्न हानियौं उटि-एक दिन भेटी चढाउन । काठमाडौं ओहोरदोहोर गरेका साथीहरु उटी उकालो लाग्दा देखिएको तलको दृश्य बकबास भन्दै थिए-आफु त बिराटनगर छाडी कही गइएकै थिइएन(अझै छैन)-रमाइलै लाग्यो । उटिको botanical garden प्रंशसा गर्न लायकको थियो ।

अगिदेखी पर्खेर बसेको बेंगलोरले बल्ल मैसुर र उटिपछी हामीलाई धित मरुन्जेल देख्न पायो तर यसको ठीक(गतिलो) ठाउँमै नबसेर हो शायद, अलि कस्तो , खस्रो खस्रो लाग्यो बेंगलुरु । ‘सिलिकन सिटी’ को नामले चर्चित यस शहरमा पुगेर technological museum छुटाउने त कुरै भएन, त्यसमा पनि engineering का बिद्यार्थीले । पाइपको नामो निशानै नरहेको मात्र टुटिबाट पानी झरिरहेको धारा एक किसिमले ‘यस्तो कसरी हुन्छ’ भनेर उल्टै प्रतिप्रश्न गरिरहेको थियो तर उत्तर कहाँबाट ल्याउने ? उत्तर अझै अस्पष्ट छ ।

 बेंगलोर के हो ? बुझ्न चाहनुहुन्छ भने M.G. Road पुग्नोस, अनी कसैको मुखारव्रिन्दबाट एक नै सहि हिन्दी शब्द सुने आफुलाई भाग्यमानी ठान्नोस् । Dictionary बेच्न बसेकी एक केटीलाई यसो रवाफ झाडौं न त भनेर एक दुई वाक्य अंग्रेजी के फुत्काइया थ्यो उल्टै उताबाट आएको अंग्रेजिको बाढिमा आफ्नो ज्यान बचाउन कस्तो हम्मे पर्‍यो । लाजले गालै रातो भा थ्यो ।

गाइको मासु निस्फ्रिक तरिकाले पाइने र फुटेका ढलमा कसैको ध्यान नजाने ठाउँमा बसिएर हो शायद, अस्तब्यस्त लागेको बेंगलोर M.G. Road सम्म आइपुग्दा निकै ब्यस्त र ब्यवस्थित लागिरहेको थियो ।

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s