म त साथ दिदैछु, तपाईं नि ???
पाइला जब बढ्छ तब थाहा हुन्छ गन्तब्य के हो ? यिनी आफ्नो गन्तब्य पहिल्याउँदै पाइला अघी सार्दैछन्, आश छ सहयोगी हातहरुको । म त साथ दिदैछु, तपाईं नि ???
“समान शिक्षा” निती अंगाल्दै गुल्मीका यी युवा एक पुस्तकालय स्थापना गर्ने सोचका साथ अघि बढेका छन् । आफ्नो एकल प्रयासबाटै हर्मिचौर उच्चमाध्यमिक बिद्यालय, गुल्मीका लागि हालसम्म १६०० पुस्तक जगेर्ना गरिसकेका यी युवाको नाम हो -हरि पाण्डे । कान्तिपुर पत्रिकाका भित्ता भित्तामा ‘पुस्तक खोजी’ भन्दै पाठकहरुसँग अनुनय गर्दै गरेका यी जोशिला युवा प्राथमिक तहदेखी दस जोड दुई तहसम्मका पाठ्यक्रममा आधारिततथा पाठ्यक्रम बाहिरका जुनसुकै बिषयका पुस्तकको पर्खाइमा छन् । तपाईंसँग पनि पढिसकेका पुस्तक छन् भने उहाँको संघर्षमा सहकार्य गर्न फोन गर्नुहोस्- ९८०३२०२५१०, काठमाडौं । एउटा मात्रै पुस्तक छन् भने पनि एकपटक उनिलाई सम्झनुहोस्, उनी तपाईंको दैलोमै हाजिर हुनेछन् ।
तपाईं जस्ता शुभचिन्तकको न्यानो अभिवादनले हौसिएका यी गुल्मीवासी युवा पुस्तक साथै कम्पुटर सम्बन्धी सामाग्रीलाई पनि प्राथमिकता दिइ लाग लागिपरेका छन् । शहर तथा गाउँ बिचको असमान शिक्षाको तिक्ततालाई आफ्नो सानै सहि प्रयासस्वरुप केही राहत हुने अपेक्षा लिएका यी अपरिचीत मित्रलाई केही सहयोग गर्नुहोस् – बाँकी उनी आँफै गर्नेछन् ।
तपाईंको तर्फबाट मात्र एक कल फोन र सहयोगस्वरुप केही पुस्तकहरु ।
यदी तपाईं म जस्तै शुन्य (बिना कुनै पुस्तक) र ब्लगर हुनुहुन्छ भने तपाईं उनिलाई अझ दरिलो तरिकाले सहयोग गर्न सक्नुहुन्छ – उनको यस एकल प् प्रयासलाई जगजाहेर गर्नुहोस् र एक नैतीक समर्थनको परिचय दिनुहोस् । आफ्नो ब्लगसाइटमा उनको प्रयासलाई स्थान दिनुहोस् र अन्य साथीहरुलाई यसबारे जानकारी गराउनुहोस् ।
तपाईंको सानै प्रयास कसैको शैक्षिक स्थिती बदल्ने क्षमता राख्न सक्छ । म त यी अपरिचित मित्रलाई नैतीक तवरले समर्थन गर्दैछु, तपाईं नि ?????



establishing libary is good thing.
Nowadays it is more better to create a electronic libary.
e-libary have more benifits than tradional bookselves libary.
No necessary to store books in book selves.need not to employ a librarian to lend the books.Every people around the world can get access and read the desired book without touching the page of book.
Only thing is needed is that writer permission to keep his book on elibrary.Some funds to make electronic verson of books.
One thing I have heard from many years that the school books could reach to many districs on time.
this can be solved by elibrary. Simply login -search the desired book and print -or may produce photocopy which will save the time and money. (Because Law accept printing for educational purpose for students.)
there could be multiple use of elibrary .Instead of traditional library,
Any way my best regards for the establishment for library.