केहि नभएर नि
मिठो निद्रा छ मसँग
डस्ना बिछ्याउँछौ तिमी
निद्रा माग्छौ को सँग ??
हेर तिम्रो आँखामा
अतृप्त एक चाह छ
हर चिज छ काखमा
र पनि के को प्यास छ ????
हर रात हर प्रहर
खोजि हिड्दछौ जिन्दगी
हराएको भए न भेटिन्थ्यो ?
फेला पार्छौ कसो गरि ??
खोजि तिम्रो कस्तो हो ?
व्यस्ततामा व्यतित भो
आँखा चिम्लि सोची हेर
के यहि नै तिम्रो खोज हो ???
आनन्दिरुपले जिउछु म
भलै घर घर चहारिकन
चिन्तनमा डुबेको देखिन्छौ सधैं
कति दयनिय अनि जिर्ण, कठै ! तिम्रो जिवन
अन्तर के नै पो देखियो ! हजुर
हामी दुई बिचमा
म मागि हिड्छु अन्नका खातिर
तिमी जिन्दगी हर बगरमा !!
Filed under: कविता कुण्ड







Really awesome poem.Thanks and keep on doing gud job.Will be visiting ur blog regularly.
nice poem.
अन्त्यानुप्रास बिहिन कविता… भाब राम्रो छ
Ramilo lagyo padera….you have dipped the writing in the character’s blood…wonderful
wow nice post keep it up ! bro
wow nice post keep it up ! bro just go ahead
Dherai pachhi Ametya jee ko blog ko dailo ma paseko chhu. Maile kabita padhe hai ra Ramro pani laagyo bhanne kura jaaher garna comment box kholeko.
yo duita pankti chitta bujhyo aru bhanda
म मागि हिड्छु अन्नका खातिर
तिमी जिन्दगी हर बगरमा !!