पशुपतिमा एक साँझ , ईश्वरको अस्तित्व ?? प्रश्नचिन्ह !!!

कम्पनरत छ मुटु, रक्तसिंचित नशाहरु व्यग्र छन् , दौडाइमा छु म । जिन्दगी त वैसे पनि दौडिरहेको छ तर आज शारिरीक रुपमा नै साँझको हावा खान पशुपतितिर हानिएको छु बेजोडसँग । साँझको परिवेश बिहानको भन्दा फरक त अवश्य नै छ । फरक यस मानेमा कि बिहान ‘हेल्थ कन्सियस’ हरुको जमात हुन्छ त साँझ ‘भगवान एक रुप अनेक’ को नारामा ढल्किन्छ , पशुपति नगर । जोगिदेखि लिएर भोगिसम्म, जोडीदेखि लिएर कौडिसम्म को संगम स्थल , पशुपति परिसर , अझ अर्कै अनुपम स्वादमा आफुलाई पस्किरहेको झैं भान हुन्छ । आरतीको समय भएको छ ।

चिता जलिरहेको छ । रोदन छ, क्रन्दन छ । भजनमा लिप्तहरुको फेरी यता छुट्टै संसार छ । कोही आलिंगनमा मस्त छन् त कोही नशाको बन्धनमा । आँखा एक तर  फरक फरक कोण अनी फरक फरक द्रिश्य । यस्ता विविध द्रिश्यहरुको भुमरिमा आरतीको संगितमा लिप्त भई एकाग्रताको एउटा परिधिमा समाहित हुन खोज्दैछ मेरो मन तर अनायस एक शिर्षक मानसपटलमा घुम्दछ । पशुपतिमा एक साँझ ,ईश्वरको अस्तित्व ?? प्रश्नचिन्ह !!! आरती स्थल तल बाग्मती किनारमा एक बहुलाई भजनको तालमा नाच्दैछिन् ।

अन्यको लागि एक रमाइलो रमिता भएको उक्त बहुलाईको नाच मेरो लागि भने प्रश्न बनेर उभिरह्यो ।

जीवन ईश्वरको देन हो । तर यस्तो जीवन के जीवन जुन शुन्यतामा रमित छ र आफ्नो आधारभुत आवश्यकताबाट बन्चित छ । सचेतना जस्तो जीवनको मौलिक हकबाट बन्चित यि बहुलाई आफ्नो नाचबाट प्रतिप्रश्न गर्दछिन् , ईश्वरको अस्तित्व छ त कहाँ छ ???

9 Responses

  1. I am trying to comment in this post..Ametya…m not getting exact words…

    So many things ….are there…and after reading this feelings inside me is coming so much randomly… but I m not getting…how to collect it and try to answer your question…

    Well, I might be thinking about god ;)

  2. Life is nothing,till we live its a collection of expenceriences-after we die it is also washed out.

    At the end when there is no energy and effort we realize that there is nothing in the hands of ours.

    we at the end of our period submit ourselves for the grace of god,but till then it would be too late -So why not submit ourselves from the begning .

    May Shree Pashupatinath leads us to the truth.

  3. ईश्वर बाहिर देखिँदैनन् त्यहि भएर पशुपति जाँदा भेटिदैनन् । ईश्वरको अस्तित्व त्यतिबेला मात्रै महसुस हु्न्छ जब हामी घोर विपत्तिमा फसेका हुन्छौँ । र अझ मलाई त ईश्वरको अस्तित्व त्यतिबेला मात्र महसुस हुन्छ जब बाटोमा देखेको मन्दिरलाई “होस् !! म त नास्तिक हो, ढोग्दिनँ भनेर भन्छु ।”

  4. हामी प्राय: देखीने ईश्वरलाई प्रकृति र अदृश्य अस्तित्वलाई ईश्वर भन्ने गर्छौं । त्यसैले ईश्वरको अस्तित्वमा शंका हुनु स्वभाविक हो ( म त राम्रो पनि भन्छु, किनकी संसारको ईतिहासमा “हो, छ” भन्ने मानेर हिंडनेले भन्दा ‘कहाँ छ? कस्तो छ?” भनेर खोजेर हिंडने नै ईश्वरसंग बढी साक्षात्कार गर्न सफल भएका छन ।)

    जुन दिन आरतीको गाउनेको संगित र बहुलाईको नाच पनि एउटै उर्जाबाट घटेको महशुस हुन्छ ईश्वरको अस्तित्वको पहिलो झलक पनि तपाइले त्यहिं नै पाउन सक्नु हुन्छ ।

    व्यक्तिवादी भगवानको कुरामा भने म पनि प्रश्नै प्रश्न लिएर जबाफ खोज्दैछु ।

  5. “अन्यको लागि एक रमाइलो रमिता भएको उक्त बहुलाईको नाच मेरो लागि भने प्रश्न बनेर उभिरह्यो ।”
    यो त अलि बढि मपाई नै भएन र ? हाहाहा

    पशुपति मा एक साँझ किन गइएको होला त्यो त प्रस्ट भएन । यदि मन्दिर भनौँ भने, यो पढ्दा कतै नास्तिक पो हो कि जस्तो लाग्छ । भजन सुन्न गएको भनौँ भने पनि, खासै भजनमा मन बहलिएको देखिएन । त्यसबाहेक चिता त जलिरहेकै थियो अनि सायद पारीपट्टि जोडिहरु आलिंगन मा थिए होलान् । अनि अर्को पाटो मा गँजेडिहरु अनि अर्को पाटो मा ती बहुलाई ।

    कुरो र कुलो जता लगे पनि जान्छ भन्ने कुरा यहाँ देखाउन खोजिएको हो कि जस्तो लाग्छ तर म यहाँ लेखिएको कुनै कुरामा सहमत हुन सकिन । हुन त पशुपति जाने भनेर धाएर गइसकेकपछि यी कुराहरु स्वभावत देखिन्छन्, फरक यत्ति हो कि यहाँ शब्द मा उतारिएको छ । बहुलाई ले ईश्वर को अस्तित्व कहाँ छ भनेर खोज्दैछिन्, अनि उनीसँगै हामी पनि ईश्वर को अस्तित्व खोज्दैछौँ । आफ्ना समस्या आफ्ना लागि बिसाल हुन्छ ।

    हुन त चिता मा जलिरहेका आफन्तहरुले पनि इश्वर को अस्तित्व खोजिरहेका थिए होलान्, किनकी उनीहरु को आफन्त को आत्मियता गुमाइरहेका थिए । ती भजनमा लिन हुनेहरु पनि ईश्वर कै अस्तित्व खोजिरहेकाछन् अनि ती बाबाजी र ती जोडीहरु पनि ईश्वर कै अस्तित्व खोज्दै छन् । अनि म खोज्दैछु, तपाँई पशुपति मै पुेर अस्तित्व खोज्दैहुनुहुन्छ ।

    अनि आफ्नो मौलिकता को कुरा छ, पहिले त उनी किन बहुलाई बनिन्, कसरी बनिन भनेर चुरो कुरा मा पुगे मात्रै थाहा हुन्छ । हामी भाग्यवादी नभइ कर्मवादी भएकोले, उनले ईश्वर सँग या भनौँ ईश्वर को अस्तित्व खोज्नु मा कुनै तुक छैन । हुन त म नि खोज्दै छु नि, ईश्वर, तर त्यही हो कि हाम्रो परिस्थिति फरक छ ।

    पशुपति मा मात्र हैन, काठमाडँ मा हरेक गल्लिहरुमा यस्ता दृश्यहरु देखिन्छन्, अनि देखुन्जेल छाति ढक्क फुल्छ, मन स्तब्ध बन्छ, अनि आँखा बाट ओझेल भएपछि बिर्सियो । अत: ईश्वर छन् भने सबैका लागि छन् । यदि बहुलाई ईश्वर खोज्दैछिन् भने, त्यहीँ चिता मा जलिरहेका आफन्तहरु त झनै खोज्दैहोलान्, ईश्वर । किन यति चाँडो, कोही आफन्तलाई चुँड्यो भनेर सराप्दै होलान् । अब भन्नुस कसको पिडा ठूलो ? सबै का पिडा आ-आफ्नै ठाउँमा छन् हैन र ? अब ईश्वर को अस्तित्व त सत्यमा छ जस्तो मात्र लाग्छ । देख्ने हो भने हरेक ठाउँमा ईश्वर को अस्तित्व छ, यदि देख्न सकिएन भने कहिँ छैन, अस्तित्व । हाम्रा खोजि सबै व्यर्थ छन् ।

    “ईश्वर” भनेको आफैँ हो, शब्द को बनोट हेर्दा पनि थाहा हुन्छ । यदि अरुमा ईश्वर हुने भए, “उश्वर” हुन्थ्यो, ईश्वर हैन । ईश्वर भने को आफू भित्र को सत्य हो । त्यसैले पशुपति मा एक साँझ गएर, ईश्वर को अस्तित्व माथि प्रश्न गर्नु मुर्खतापुर्ण ठहरिन्छ । भन्ने आशय छ है, मेरो चाँहि । अन्यथा नलिनुहोला !!! :)

  6. “अन्यको लागि एक रमाइलो रमिता भएको उक्त बहुलाईको नाच मेरो लागि भने प्रश्न बनेर उभिरह्यो ।”
    यो त अलि बढि मपाई नै भएन र ? हाहाहा

    पशुपति मा एक साँझ किन गइएको होला त्यो त प्रस्ट भएन । यदि मन्दिर भनौँ भने, यो पढ्दा कतै नास्तिक पो हो कि जस्तो लाग्छ । भजन सुन्न गएको भनौँ भने पनि, खासै भजनमा मन बहलिएको देखिएन । त्यसबाहेक चिता त जलिरहेकै थियो अनि सायद पारीपट्टि जोडिहरु आलिंगन मा थिए होलान् । अनि अर्को पाटो मा गँजेडिहरु अनि अर्को पाटो मा ती बहुलाई ।

    कुरो र कुलो जता लगे पनि जान्छ भन्ने कुरा यहाँ देखाउन खोजिएको हो कि जस्तो लाग्छ तर म यहाँ लेखिएको कुनै कुरामा सहमत हुन सकिन । हुन त पशुपति जाने भनेर धाएर गइसकेकपछि यी कुराहरु स्वभावत देखिन्छन्, फरक यत्ति हो कि यहाँ शब्द मा उतारिएको छ । बहुलाई ले ईश्वर को अस्तित्व कहाँ छ भनेर खोज्दैछिन्, अनि उनीसँगै हामी पनि ईश्वर को अस्तित्व खोज्दैछौँ । आफ्ना समस्या आफ्ना लागि बिसाल हुन्छ ।

    हुन त चिता मा जलिरहेका आफन्तहरुले पनि इश्वर को अस्तित्व खोजिरहेका थिए होलान्, किनकी उनीहरु को आफन्त को आत्मियता गुमाइरहेका थिए । ती भजनमा लिन हुनेहरु पनि ईश्वर कै अस्तित्व खोजिरहेकाछन् अनि ती बाबाजी र ती जोडीहरु पनि ईश्वर कै अस्तित्व खोज्दै छन् । अनि म खोज्दैछु, तपाँई पशुपति मै पुेर अस्तित्व खोज्दैहुनुहुन्छ ।

    अनि आफ्नो मौलिकता को कुरा छ, पहिले त उनी किन बहुलाई बनिन्, कसरी बनिन भनेर चुरो कुरा मा पुगे मात्रै थाहा हुन्छ । हामी भाग्यवादी नभइ कर्मवादी भएकोले, उनले ईश्वर सँग या भनौँ ईश्वर को अस्तित्व खोज्नु मा कुनै तुक छैन । हुन त म नि खोज्दै छु नि, ईश्वर, तर त्यही हो कि हाम्रो परिस्थिति फरक छ ।

    पशुपति मा मात्र हैन, काठमाडँ मा हरेक गल्लिहरुमा यस्ता दृश्यहरु देखिन्छन्, अनि देखुन्जेल छाति ढक्क फुल्छ, मन स्तब्ध बन्छ, अनि आँखा बाट ओझेल भएपछि बिर्सियो । अत: ईश्वर छन् भने सबैका लागि छन् । यदि बहुलाई ईश्वर खोज्दैछिन् भने, त्यहीँ चिता मा जलिरहेका आफन्तहरु त झनै खोज्दैहोलान्, ईश्वर । किन यति चाँडो, कोही आफन्तलाई चुँड्यो भनेर सराप्दै होलान् । अब भन्नुस कसको पिडा ठूलो ? सबै का पिडा आ-आफ्नै ठाउँमा छन् हैन र ? अब ईश्वर को अस्तित्व त सत्यमा छ जस्तो मात्र लाग्छ । देख्ने हो भने हरेक ठाउँमा ईश्वर को अस्तित्व छ, यदि देख्न सकिएन भने कहिँ छैन, अस्तित्व । हाम्रा खोजि सबै व्यर्थ छन् ।

    “ईश्वर” भनेको आफैँ हो, शब्द को बनोट हेर्दा पनि थाहा हुन्छ । यदि अरुमा ईश्वर हुने भए, “उश्वर” हुन्थ्यो, ईश्वर हैन । ईश्वर भने को आफू भित्र को सत्य हो । त्यसैले पशुपति मा एक साँझ गएर, ईश्वर को अस्तित्व माथि प्रश्न गर्नु मुर्खतापुर्ण ठहरिन्छ । तपाई आफैलाई सोध्नुस्, के तपाई भित्र ईश्वर को अस्तित्व छ ? छ भने त ठिकै भो, हैन छैन भनेर मन्दिर मन्दिर चाहर्नथाल्नु भो भने, तपाई को समय व्यर्थमा वर्वाद हुने छ । हामी आफूहरु आफैँसँग सोधौँ, के हामी भित्र ईश्वर छ ?

  7. *पशुपति मा हावा खान गएको

  8. मान्नेलाई भगवान् छन्, नमान्नेलाई घोटेर पियाइदिने रूपमा भगवान् छैनन् । रहस्य छ र नै त्यो अज्ञात शक्तिप्रति आकर्षणभाव रहेर समाज केही हदसम्म भए पनि सन्तुलित छ । ईश्‍वरप्रतिको अनास्थामा बडप्पन देखाउनेहरू पनि अन्तत: पीडा र आपतमा निराकार र अज्ञात शक्तिको भर पर्छन् ।

    जबसम्म अनुकूलताको शीतलता जीवनमा देखापर्दैन, तबसम्म ईश्‍वर छैनन् भन्ने ध्याउन्नैमा संसार पसारो परेर धारे हात लगाउँछ । तर शक्तिको जप र तप त मान्यतामा हुन्छ, देखावटीमा उत्रिदा त त्यो सस्तोपनको चेपोमै हराउँदो हो । त्यो नाच्ने बहुलाही पनि अनुपम ईश्वरीय प्रेरणाले नाचिरहेकी हुँदो हो, जीवन ईश्‍वरको देन हो भन्दैमा उस्तै प्राणीगत रचना गरे त पुगिहाल्थ्यो होला । यतिका धेरै टाउकाहरूको काम पनि हुने थिएन होला । विविधतामै सन्तुलन छ क्यारे ।

    सान्दर्भिक लाग्यो टाँसो । तर अलि भावनामा बहेको छ है, आध्यात्मिक तह खोतल्नुभन्दा पनि ।

  9. पोष्टको शिर्षक देखेर हामीले खोजेको कुरा नपाउनु र पोष्टमा बहुलाईको नाचको तालबाट हेरेर तपाईंले ईश्वरको अस्तिस्व नपाउनु पनि रमाईलो नै भयो ।

    ‘ईश्वर भन्ने बित्तिकै खोज्ने कुरा हैन क्यार आफुमै भएर ‘ई’श्वर भएको होला खोजेर पाउने भए त औँलाले उ पर्तिर देखाएर ‘उ’श्वर भन्थ्यौ कि ? ‘ – यो कुरा चैं कतै कसैको लेखोटमा पढेको हो कि के हो मैले पहिले कतै जे भए पनि लेखिदिएँ है ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.