संघर्षरत त्यो दियो – आँखा चिम्लेर एक चोटि सोची हेर त ! त्यो दियो तिमी नै हो जो संघर्षरत छौ । अहिले सफलताको पथमा छौ भने पनि अतितमा त एक पटक थियौ नै । हैन त ???
ब्यवधानका हुरि चल्दा
जाग्दो, अझ जुर्मुराउँदो
आशाका किरण साथमा लिइ
निराशाका काला बादलबिच
निभ्दो , बल्दो
संघर्षरत – एक दियो ।
प्रकाश खोज्दछ त्यो
आफै भित्र छ ,जान्दैन बिचरो
आफ्नै छाँयासँग भागी हिड्छ
कति अज्ञानी – त्यो दियो ।
अन्धकारका गल्लि गल्लि बिच
धिप धिप एक उज्यालो
निष्कपट कालरात्री चिर्दै
गोरेटो देखाउँदो – त्यो दियो ।
गोरेटो !! एक अन्त्यहिन लक्ष्य
देखिदो , बिलाउँदो
फेरि टुप्लुक्क हराउँदो
दियो ! कति खोज्दो हो?
अन्त्यहिन लक्ष्यका पदचिन्हहरु
तेलको अधिन रहि
निस्सासिदो जिन्दगी जिउँदो – त्यो दियो ।।।
Filed under: कविता कुण्ड, Uncategorized



Wow….kati mitho kabita….dherai nai ramro lagyo….
Good one, Ametya Bhai! Full of optimism.
Nice… Moving and Optimistic…
निकै राम्रो छ कविता !
awesome !!!
“kusal kawi ko auta arko kusal rachana”
एकदमै मन छुने कविता !!!
nice one ametya…
oooohhhhh, really great lagyo yar; esp. this line
……………………………..
अन्त्यहिन लक्ष्यका पदचिन्हहरु
तेलको अधिन रहि
निस्सासिदो जिन्दगी जिउँदो – त्यो दियो ।।।
keep writing…
http://ilostangel.wordpress.com
oh ! ametya ji i am verry happy for you.
kash….jindagi soce jasto vai diye…………ma pani euta baldai gareko diyo jastai huh,,,,tyo din ko parkhai ma……………………..