मेरो गल्ती
के नै थियो र ?
राम्री हुने चाह नै
दोष भयो, हैन र ?
आश त
तिमीले नै जगायौ
नयाँ जीवनको लोभमा
बम्बै सम्म पुर्यायौ
जसोतसो जिन्दगी त थियो
सुखद पलको सपनामा
सबै लुटिइगयौ
बम्बैको यो कोठी
कती भयावह छ
मात्र एक रातको खातिर
युद्द यहाँ भयानक हुन्छ
रगतले लतपतिएको मेरो शरीर
अनी शुन्यतामा भौतारिएको दिमाग
एक प्रश्न सोध्दैछन्
मात्र दुई छाकको लागि
मेरो अस्मिता दाउमा राख्नु
के जरुरी थियो ?
Filed under: कविता कुण्ड







Heart Trembling poem…..
“आश त
तिमीले नै जगायौ
नयाँ जीवनको लोभमा
बम्बै सम्म पुर्यायौ” यो लाईन साह्नै नै मन पर्यो ।
yeah, nice expression, Ametya….
but, title ra content sanga teti tagada relation bhako jasto chain lagena…
आश त
तिमीले नै जगायौ
नयाँ जीवनको लोभमा
बम्बै सम्म पुर्यायौ ………साच्चै नै अंेत्य जी,यी हरफहरुले मलाई आकर्शित गरायो। कबिता एकदम नै मन पर्यो । अती सुन्दर छ कबिता । हजुरलाई कबिता लेख्न कसरी आउछ ?मलाई कबिताहरु साह्रै मन पर्छ तर मलाई त नेपाली त्यती लेख्न आउँदैन। म त खाली शब्दकोशबाट पैचो ल्याएर ब्लग भर्ने गर्छु। मलाई पनि यस्ता कबिता कोर्न सिकाइ दिनु पर्यो है साथी प्लिज ।
आहा !!! राम्रो कविता !!! एकदमै समयसान्दर्भिक !!!
अनी शुन्यतामा भौतारिएको दिमाग
एक प्रश्न सोध्दैछन्
मात्र दुई छाकको लागि
मेरो अस्मिता दाउमा राख्नु
के जरुरी थियो ?
समाजकै कुनै पाटोको सरल चित्रण, तर माथीकै प्रश्नको जवाफ भने निके जटील होला ।
एउटा कुरा है! कविता ठिक हुँदा हुँदै पनि मलाई यो कविता र शीर्षकमा अलि तालमेल नमीलेको जस्तो लाग्यो ! अँ त त्यो पक्कै पनि ‘बलात्कृत’ लेख्नु भएको होला हैन ?
Nice one! Depicts our pain very clearly!
Thanks all for reading …
जरुरी त पक्कै थिएन … तर खोई किन हो कोई कोई यसलाई जरुरी नै सम्झन्छ्न … बम्बई नै सम्म नभए नि दिल्ली नै सही … देश माथी फेरी फेरी बलात्कार गर्न को लागी, गराउनको लागी …
देश भक्तिले ओतप्रोत कबिताको भाब सान्दर्भिक छ.. तर लयात्माकता नमिलेको पढ्दा त्यति धेरै मज्जा आऊंदैन …
बलात्कारको प्रयास होला तर नेपाल आमा कहिले बलात्कृत हुन संभव छैन किनकी हामी त्यति कमजोर संतान होईनौ जो आमा बलात्कार भएको कल्पना सम्म गर्न सकौ | हामी नै हुनेछैनौ जब आमा बलित्क्रित हुने छिन |
चुडामुनी जी नेपालको हालको स्थितीले नै नेपालीहरु कतीको दह्रो रछन भन्ने बुझाइ हाल्छ अनी किन भनीरहनुहुन्छ। धेरै दिन छैन अब नेपाली आमालाई भारतीय दलालहरुले बलात्कार गर्ने दिन। बलात्कारको प्रयासको कुरा नगरनुस् ,बलात्कार नै हुनेछिन नेपाल आमा। हाम्रा नेताहरु थपडी बजाएर हेरिरहनेछन त्यो बेला। हेर्दै जानु होला मित्र । जब म यस्तो खालको कमेन्ट देख्छु मेरो कनपारो नै तातेर आउछ यार,देखावटीपना नेपालीहरुको ।
“k ho sir comment ta dhery audai 6n nee…any way hami jasta yuwa ko bhawana sametera lekhnu hune shree kawibar ametyashower maharaj ki………………jay ho!!!!!!!!!!