गोलको भद्रगोल

 A mother takes twenty years to make his son brillient while a girl takes only two minute to make him dumb. कुरो सहि नै रहेछ । २२ महिनाको हुँदादेखी आमै बाटो यसरी काट्नुपर्छ भन्दै २२ बर्षे लक्का जवान बनाउँछिन अनी त्यही जवान जब जवानी महसुस गर्छ तब यस्तै हुँदोरहेछ । अब यसमा मेरो के दोष ? गोलो बाटुलो आँखा नै यस्ता राम्रा थिए कि म के भनु ?

ति गोलमटोल कन्यालाई हेर्ने सुरमा झन्डै हेर्‍या हेर्‍यै भको आफु, अगाडि या बडेमाको ट्याक्टर आको पनि चाल नपाको । अनी, भइएन त जिरो जिरो अन्डा ।

 यि गोल गोल चिज प्राय: सबै यस्तै हुँदारहेछन् । अब शुरुदेखी नै शुरु गरौ न । गोल (०) बाट सुरु हुने गणितका लेखाजोखा कतै गोलमाल भए पुरै गोलमाल भइ ब्यापारै चुर्लुम्म डुब्छ । जिन्दगी पनि त शुन्यबाट  शुरु भै शुन्यमै बिलाउँछ, रहन्छ त केवल उथुलपुथुल यात्राका पदचिन्हहरु । सुर्य गोल, सुर्यबाट उछिट्टिएर बनेको यो पृथ्वी गोल,पृथ्वीलाई घुमिरहेको चन्द्रमा गोल, चन्द्रमासम्म पाइला पुगाउने यि मानव दिमाग गोल (गिदिको आऋती पनि गोल गोल नै हुन्छ क्यार, हैन ?), ति दिमागबाट निस्केका बिचार , योजना यस्ता घुमाउरो गोल (चक्र) कि माउन्ट एभरेष्टबाट हानेको गोल स्ट्याचु अफ लिबर्टिमा थापेको पोस्टमा नै गोल हुने । ….. बर्ग कि.मि.को यत्रो बिशाल गोल (दुनियाँ)लाई एक बिन्दुमा समेट्न ति मानव दिमागले कती गोल गोल चक्कर काट्यो होला, कठै । गोल, अण्डा, जिरो, शुन्य, बिन्दु जे सुकै भन्नुस्, मात्र यती याद राख्नुस् कि यि यो गोलको भद्रगोल महा छ, अथाह छ ।

 पानीका यि बिशाल भण्डार पनि थोपाकै ब्रिस्तित रुप हुन् । धर्तिका कण छाम्नुस् त ति पनि गोलो नै महसुस हुन्छन् । स्थुल शरीर मात्र दुई खुट्टे देखिएको हो, आत्माको स्वरुप त बिन्दु नै मानिएको छ ।  शरीर बनाउने कोष तथा electronic good का atom सबै गोल संरचनामै वर्णित गरिएका छन् । टाउको ठोक्किदा निस्किएको टुटुल्को होस् वा बस्नै नमिल्ने गरी आको पिलो होस्, दु:ख दिने जती सबै गोलो नै हुन् । अंग्रेजी वर्णमालाको ‘a’ होस् वा नेपालीको ‘क’, सबै गोलमा पुच्छर झुण्डयाइ पूर्ण भएका हुन् ।

 राजनीति, अर्थ व्यवस्था यता, उता पार्न यै गोल नै चाहिन्छ-गोलमेन्च । सबैभन्दा ठुलो एक देशलाई व्यवस्थित बनाउन पनि यै गोल कै आवश्यकता पर्छ-सम्पूर्ण जात, जाती, भाषा, भाषी समेटिएको एक ठिको रुपी देश, जुन अहिले पानी परेर हो शायद बिस्तारै पग्लिदै छ(आश गरौ यो पुरै पग्लिनु भन्दा पहिले नै पारीलो घाम देख्न पाइयोस् )

 एउटाले भन्थो(त्यो एउटा मै हो) संसारका हरेक वस्तु, कृयाकलाप cycle मा चल्छ । cycle पनि गोलकै अर्को रुप हो । दिन, रात, जन्मनु, मर्नु आदी सबै cycle कै उदाहरण हुन् । मानव पहिले ढुङेयुगमा हुँदा नांगै थियो, पछी लुगा लगाउन थाल्यो र अहिले फेरी (पश्चिमा समाज) नांगिन थालेको छ । अर्थात पश्चीमा समाजले आफ्नो एक चक्र पुरा गर्ने तयारीमा छ, हामी त अझ धेरै पछी छौ । सभ्य तरिकाले नै सही पश्चीमा समाज नांगिन गार्‍हो मान्दैन किनकी उनिहरु यो चक्रका अनेक चरणहरु पार गर्दै लगभग अन्तिम चरणमा आइपुगेका हुन् । यसरी गोलको पछी घुमेर दिमाग गोल बनाउने म त गोल हुँ नै साथै यस्ता बेतुके(फाल्तु) केही गोलै (goal, उद्देश्य) बिनाका ‘गोलको भद्रगोल’ पढ्ने तपाईं झन महागोल । लुखास्त !

6 Responses

  1. रमाइलो प्रस्तुति र सही कुरो… गोलको महात्म्य जति बर्णन गरे नि कम नै हुन्छ … आखिर हाम्रो सुरुवात पनि पनि गोल र अन्त्य पनि गोल मै त हुने हो नि

  2. हा हा हा! गज्जबले गोल ग-यो यो टाँसोले पनि! यस्तै हो अमेत्य जिन्दगी, सक्ने र दाउ राम्रो परेकाले गोल गर्छन्, नसक्नेहरु गोल्खाडी हुन्छन्।

  3. Life starts from zero and ends in zero…
    Wonderful presentation of world and life..

  4. तपाईंको लेखले भैरब अर्यालको याद दिलायो | गोल या शून्यताको माहात्म्य भएर पनि सुन्यवादी दृष्टिकोण कहीं छैन यसमा | बडो रोमान्च लाग्यो | यो जीरो बडो हिरो रहेछ |

    “२२ महिनाको हुँदादेखी आमै बाटो यसरी काट्नुपर्छ भन्दै २२ बर्षे लक्का जवान बनाउँछिन अनी त्यही जवान जब जवानी महसुस गर्छ तब यस्तै हुँदोरहेछ । अब यसमा मेरो के दोष ? गोलो बाटुलो आँखा नै यस्ता राम्रा थिए कि म के भनु ?”

    यी हरफले भने धराबासीको “घर” निबन्ध भित्रको यो हरफको याद दिलाए – पुरुष नारी बाट शुरू भएर नारी मै
    टुङगिन्छ |
    गजब छ बा !

  5. Nice “betuke” feelings (as You have categorized it)… hehehe.. keep it up.. :)

  6. well a goal achieving article..a goal goal comments and goal goal commenter, i liked the way this goal ended making goal to all…(in my comment all i meant for goal is fool),author is also goal then.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.