शब्द बिनाको माया

झुकेको ओसिलो नयन
एक अन्तिम दर्शन मात्र
दृश्य देखी जान पाए
हुने थ्यो पर्याप्त

कसरी सम्भव छ ?
न बोलिबाट न आँखाबाट
पुरै असम्भव छ
न जतायौ माया कुनै भावबाट

माया ! बताइन्न मित्र
महसुस गरीइन्छ
महसुस गर्दै मात्र
भावाविहोर भइन्छ

उफ ! हे कवी महोदय
मनको कुरो मनमै राख्नु
अली बेठिक हो
भन्दै नभनी उनले सुनिन
भन्नु कति सम्मको उचित हो ?

ए मेरा पाठक महोदय
ढुकढुकीको सुमधुर संगीतमा
आँखा मदमस्त हुने गर्छन्
मायाको यो अलौकिक भाषामा
आवाज प्राय: हराउने गर्छन्

हे कवि महाराज
तिम्रो कविता तिमी नै जान
माफ गर, तिमीमा अल्झिए
भुल भयो अन्जान
अमित खोज्दै हिडिथें
कवि अमेत्य फेला परिगो
एक त बेहाल थियो जिन्दगी
अब त झन् कता हराइगो………

4 Responses

  1. साह्रै रमाइलो लाग्यो : “हे कवि महाराज
    तिम्रो कविता तिमी नै जान
    माफ गर, तिमीमा अल्झिए
    भुल भयो अन्जान
    अमित खोज्दै हिडिथें
    कवि अमेत्य फेला परिगो
    एक त बेहाल थियो जिन्दगी
    अब त झन् कता हराइगो……”
    हाहाहाहाहा………………………………………

    अनि यो पनि सत्य नै हो नि:
    “माया ! बताइन्न मित्र
    महसुस गरीइन्छ
    महसुस गर्दै मात्र
    भावाविहोर भइन्छ”

  2. खास माया भनेको यस्तै हो अमेत्य:)

  3. kasto emotive expression…….
    I feel like meeting you over a cup of coffee…

  4. Reall too much expressive….!!!
    Truly, love is felt hai…
    Loved every wordf the poem…!!!
    Touching

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.