सोच, प्रंशशा र कन्फुजन

 कोही कोही मात्र हुन् कि सबै उस्तै हुन्
एक दुईलाई छाडेर कि संसारै यस्तै हुन् 
बुझिनै गार्‍हो, नंगा भैकन पनि धोका
बाहिर जे देखिए नि प्रंशसाकै भोका

यि भोकाहरु किन यती सारो सारो चिच्याउँछन्
स्वच्छ मनले हात जोड्दा फेरी हाथ मलेको भनी डराउँछन्  
 

कोर्सका किताबसाथै बाहिरका पनि उत्तिकै महत्वपूर्ण छन् भन्ने आभाष पाउने बित्तिकै समातेका दुई किताब you can win र ‘सोच’ मध्ये ‘सोच’ पढदा पढदै फुरेको उपरोक्त हरफ ‘प्रंशशा’ मा केन्द्रित रहेको छ । ‘सोच’ पढदै जाँदा यस्तो लाग्यो कि लेखक प्रंशशाको भोको छ र कन्फुजन यस मानेमा कि ‘सोच’ का ‘म’ पात्र आँफै ‘सोच’ का पाठक हुन् कि हैनन् त ?

एक त ‘म’ हावी भएको पुस्तक त्यसमाथि प्रंशशाऋत शब्दहरुले लतपत्याइएको ‘सोच’ लगातार पढ्न भने मैले सकिन । पढ्दै, थन्क्याउँदै अनि फेरी तान्दै, कहिले सुरुबाट त कहिले पछाडिबाट, कहिले चाखले त कहिले टाइम पास हेतु तरिकाले ‘सोच’ लाई पार लगाइयो । चुरोटको एक पैसाबाट क्यान्सर अस्पताल खोल्ने प्रस्ताव गर्ने यि कर्ण शाक्य जती ‘सोच’ पढ्दै गयो उती कन्फुजनमा घेरिदै गए । घुमाउरो तरिकाले आफ्नो बिचार  नराखेर मैले यसो गरे त मैले उसो गरे भन्दा एक पटक किताब नै हुर्‍याइदिउ झै भएको थियो, थन्काँए मात्र ।

किताबका अगाडि र पछाडि गरी प्रंशशाऋत अक्षरहरुले आधा  किताबै  खाएका छन् । प्रंशशाका हुलमुलमा कुनै सुझावयुक्त तिखा पेच पनि आए होलान् तर ति समावेश छैनन् । के हरेक लेखक प्रंशशाकै भोका हुन्छन् ??? भावनामा बहेर आफुमा यिनैले गर्दा भएको केही हल्का परिवर्तन स्वरुप धन्यवाद दिदा फेरी अर्कै अर्थ लगाई हेरिनु कुरो आँफैमा अस्पष्ट छ ।

soch.jpg 

 If you want to change something positive in you, then be a reader of ‘SOCH’, author Karna Shakya

अस्पष्ट बुझाइ(लेखक प्रती) र असम्यजस्यताको बिच पनि ‘सोच’ को बीजले कतिखेर मष्तिष्कमा जरो  गाड्छ, पाठकलाई पत्तो नै नहुनु यसको सबैभन्दा ठुलो खुबी हो । किताब पढ्दै जाँदा लेखकप्रति रिस उठ्नु स्वाभाविक नै हो, कारण किताब पुरै कर्ण शाक्यको जीवनी जस्तो छ र पाठकले उनको जीवनी नै  पढ्नु अवस्थामा उनी छैनन् भन्ने सोच्नु गलत हैन । पढ्दै जाँदा उठेका रिस,दोधार अन्ततगोत्व सबै मत्थर हुन्छन् जब ‘सोच’ का बिचारहरु किताबका पानाबाट निस्केर पाठकले आफुमा नै महसुस गर्न थाल्छ, ‘सोच’ सकारात्मक शक्तिको, ‘सोच’ केही अठोटको अनि ‘सोच’ परिवर्तित आफ्नो बिचार को । प्रंशशा र कन्फुजनमा घेरिएर पनि ‘सोच’ ले पाठकमा हल्का नै सही केही परिवर्तन (सकारात्मक) गराउन सक्नु ‘सोच’ को यस अदभुत बिशेषताको खातिर लेखक कर्ण शाक्यलाई हार्दिक ऋतज्ञता भने दिनै पर्ने हुन्छ ।

 Urgent Note : These are the feelings of mine toward the book “SOCH” when i was reading it first time. Now i am reading it again but through a little bit different view…and i think i am loving it slowly and slowly…since at this time i am trying to read it through positive thinking …..

 

6 Responses

  1. चर्चा धेरै चलेको भएपनि, अहिलेसम्म मैले सोच पढेको छैन ।
    त्यसैले खै, के भन्ने थाहा छैन ।

  2. सबैभन्दा पहिले ला——-मो गुप्तवासपछि अमेत्य फेरि झुल्किएकोमा खुशी ब्यक्त गर्न चाहन्छु।
    ‘सोच’को बारेमा कसैले ‘फ्र्यांकली’ लेखेको यो पहिलोपटक होला, नत्र भक्तिकै झल्को दिनेगरी प्रशंशाकै बोझमात्रै हुन्छन्। हामी नेपालीहरुले कि भक्ति गर्न जानेका छौं कि छुद्र गाली गर्न जानेका छौं, बीचको अवश्था अथवा सन्तुलित आलोचना (जसमा सकारात्मक/नकारात्मक दुबै पक्ष केलाईएका हुन्छन्) हामीलाई थाहा छैन। त्यहि मानसिकताको असर परेको होला ‘सोच’का बारेमा पनि।
    दोश्रो पटक पढेपछिको प्रतिकृयापनि चाँडै पढ्न पाईने आशा गरेको छु।
    अब अलिकति मेरो आफ्नो विचार पनि घुसाईहालौं यहाँ। ‘सोच’ मैले दुई-तीन वर्ष पहिलेनै पढेको हो। कर्ण शाक्यज्यूको देशलाई धेरै योगदान दिनुभएको छ। ‘सोच’ आफैं पनि एउटा नयाँ खालको पुस्तक र अवधारणा हो हाम्रोजस्तो नकारात्मकता र निराशामात्रै भरिएको राष्ट्रिय मानसिकताविरुद्ध। त्यसकारण ‘सोच’प्रति मेरो समग्र धारणा राम्रै छ। तर उहाँले निराश नहुन भनेर सुझाउनुभएका कतिपय “उहिले कतै टेलिफोन थिएनन्, अहिले गाऊँ-गाऊँमा टेलिफोन पुगेका छन्”, “उहिले सडकै थिएनन् अहिले यति हजार किलोमिटर भईसक्यो” भन्ने खालका ‘तथ्य’ लाई भने ‘सकारात्मकता’ भन्दा पनि complacency भने ठीक हुन्छ। complacency ले हामीलाई अगाडि लानेछैन, बरु पछाडि धकेल्नेछ। जिजुबाजेले साईकल समेत देखेका थिएनन् मैले हवाईजहाज चढिसकें भनेर सकारात्मकता हुँदैन। चाहे संचार होस् चाहे यातायात होस् वा अरु जेसुकै होस्, वर्तमान समयमा अरु देश र समाजको दाँजोमा हामी कहाँ छौं भनेर हेरे मात्रै मूल्यांकन सही हुनसक्छ। महावीर पुनमाथि गर्व गर्नु र सकारात्मक सोच राख्नु एउटा कुरो, नेपाल टलिकम वा प्राधिकरणले नेपालीलाई दिएको ‘प्राविधिक विकास’ र ‘सुबिधा’ अर्को कुरो! सन्दूक रुईतमाथि गर्व गर्नु एउटा कुरो, वीर अस्पतालले गरेको ‘जनसेवा’ अर्को कुरो।

  3. बसन्त जी ले भन्नु भए जस्तै तपाईको तटस्थ तर्क मलाई पनि चित्त बुझ्यो ।
    ‘सोच’ लाई म नराम्रो त भन्दिन, तर कुनै परिचित वा ‘ठुलो नाम’ भएको व्यक्तिले केहि लेख्यो कि त्यो राम्रै हुन्छ भन्ने मलाई पनि लाग्दैन ।

    यो किताब उनको जिवनकै भोगाई भएकोले कता कता जीवनी जस्तो लाग्छ नै । समष्टीमा किताबले चाहिने भन्दा बढी चर्चा पाएको भन्दा फरक नपर्ला ।

  4. मलाई चैं सोच राम्रै लागेको हो । एउटा ट्रेडीसनल ब्यापारी परिवारको मान्छेमा त्यस्तो सोसल सोच हुनु राम्रो लाग्यो मलाइ । मोटीभेटीङ्ग छ । अनि प्रसंशाको कुरा ।अमेत्यजी किताबमा के राख्ने भन्ने कुरा लेखकको मात्र भन्दा पनि पब्लिसरको पनि कुरा हुन्छ । किताब धेरै धेरै भन्दा धेरै बिक्री होस ।पब्लिसर लेखक सबैलाइ फाइदा होस र च्यारिटीका लागी पनि होस भन्ने हेतु होला। अरु त त्यही हो । तपाइको कुरा धेरै पछी पढ्न पाउँदा खुशी लाग्यो ।

  5. Exactly, मलाई पनि सोच पढिसकेपछि त्यस्तै लागेको थियो, कर्ण शाक्यको आफ्नै गुणगान मात्र गरे जस्तो । ( मैले एकपटक मात्र पढें त्यसैले पो त्यस्तो लागेको हो कि ? ;) )
    तर कान्तिपुरमा उनका केही लेखहरु पढेकी थिएँ मैले, ती चाहिं उत्कृष्ट थिए !
    पक्कै पनि कर्ण शाक्य, पैसाको बलमा मात्र लेखक भएका होइनन् । उनको सोच त्यति मन नपरेपनि उनका भर्खर निस्किएका दुई किताब पढ्न मन छ मलाई, मौका भने पाएको छैन ।

  6. Maile padhna man nagarekaa kehi pustak haru madhya SOCH pani youta ho.
    Dherai le gareko prasamsa sunera kineko pustak padhna thaaleko 2 ghanta pani raamro sanga padhna sakina.
    Aile ghar ko TV rack ko maathi patti dhulaamme bhayera sutirako chha SOCH.
    Ametya jee le bhanejastai 2-3 chapter padhda malai man pareko youtai kura bhaneko Lekhak le jasari huncha optimism chai promote garnuparchha bhanera foster garnubhayeko chha .. thats all!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.