उपरास्ट्रपतिले हिन्दिमा सपथ खाइरहदा हरेक नेपालीका मनमा आफ्नो राष्ट्रियता
प्रती उठेका प्रश्न हुन् यि !!!!!!!! छ ??? कसैसँग यसको उत्तर ?????
म एक अबोध बालक
मेरो अस्तित्व के ?
पहिचानको खोज छ
मेरो मात्रित्व के ?
अर्थहिन यात्रा छ
मेरो लक्ष्य के ?
काख नपाको धेरै भो
आमा, अनी वक्षस्थल के ?
मेरो भाषा के ?
अनी संस्कार के ?
दाजुभाइको लुछाचुँडिमा
मेरो आकार के ?
धेरै चाहिन्न
मात्र आमाको वात्सल्यता
अनी एक चिनारी
अर्थात राष्ट्रियता ????
मेरो राष्ट्रियता के ? आधार अब दिलाउ
मेरो देश मेरै हो, आभाष अब दिलाउ
मात्र एक आभाष
जुन आभाषमा म अभिमान गर्न सँकु
र म मेरो पहिचान खोज्न सँकु
Filed under: कविता कुण्ड







“मेरो भाषा के ?
अनी संस्कार के ?
दाजुभाइको लुछाचुँडिमा
मेरो आकार के ?”
——————————–
मेरो भाषा नेपाली अनि नेपाली संस्कार नै, तर थाहा छैन आकार के ?
सायद आकार अझै अपरिभाषित नै छ ।
——————————-
“मेरो राष्ट्रियता के ? आधार अब दिलाउ
मेरो देश मेरै हो, आभाष अब दिलाउ
मात्र एक आभाष
जुन आभाषमा म अभिमान गर्न सँकु
र म मेरो पहिचान खोज्न सँकु”
——————————————–
म एक स्वाभिमानी नेपाली,
जसको छाति मा छ,
नेपाल को माया विशाल ।
यो देश मेरै हो, अनि भाषा मेरै हो ।
यो तन मन त मेरो नेपाली नै हो ।
भुक्ने कुक्कुर ले टोक्दैन मित्र, झा गर्जदैँ मा केहि हुँदैन मित्र !
—–
म मरेपनि मेरो देश बाँचिराखोस् ।
हिमाल को टाकुरामा,
नेपाली का पाखुरामा,
चन्द्र र सुर्य अंकित झण्डा फरफर नाचिरहोस् ।
जय जन्मभूमी, जय पुण्यभूमी, जय वीर भूमी नेपाल !!!
जय जन्मभूमी, जय पुण्यभूमी, जय वीर भूमी नेपाल !!!
this poem touches my heart & make my mind aware about our “rastriyata”.we,youth have to think about our mother land…so guys get ready for “antim yuddha” matri bhumi rakshaya ko lagi……..
This is a great blog.
I have created a Nepali social bookmarking site like digg.com. Its goreto.co.cc . You can share your blog posts on this and get more traffic to your site.
I would like to invite you to join this site goreto.co.cc and start sharing news now.
“मेरो राष्ट्रियता के ? आधार अब दिलाउ
मेरो देश मेरै हो, आभाष अब दिलाउ
मात्र एक आभाष
जुन आभाषमा म अभिमान गर्न सँकु
र म मेरो पहिचान खोज्न सँकु”
जब जब म अहिलेका बालबालिका लाई हेर्छु, मेरो मन मस्तिकमा कता कता, उनिहरुले मलाई र मेरो पुस्ताका युवाहरुलाई यहि माथिका हरफहरु भनिरहेको, यहि प्रश्नहरु सोधिरहेको आभास हुन्छ। हामि भाग्यमानि थियौं, शान्तिको प्रतिक नेपालमा जन्मियौ। अहिलेको नेपालमा त शान्ति मान्छेको नाममा मात्र सिमीत छ। दिन देनैको झगडा, दिन दिनैको किचलो, कहिले नेपाल बन्द त कहिले यातायात बन्द। नेपालको सुन्दरता, नेपालका पहिचानहरु त पृष्टभूमिमा ओझेल भईसके, अग्रभूमिमा त केवल हिंसा, क्रोध र मार्मिक चित्कारका तस्विरहरु मात्र देखिन्छन। जुन नेपालमा म गर्भवान्वित थिए, त्यो नेपाल त मेरो सम्झनाका किताबका पानाहरुमा थुनिएका छन। मलाई मेरो नेपाललाई ति पानाहरु बाट बाहिर निकाल्नु छ। मैले मेरो बाल्यकाल जुन हसिलो नेपाल मा बिताएको थिए, मेरो बाल बच्चाकोलागि त्यहि नेपाल फिर्ता ल्याउनु छ। यदि यो बिचार मनमा बोकेर हरेक नेपालि अघि बढ्नेहो भने यो सपना साकार गर्न त्यति गार्हो पनि नहोला। तर त्यसको लागि नेपालिको मनमा राष्ट्रीयता हुनु जरुररि छ। आज म त्यहि राष्ट्रीयताको खोजिमा इन्टरनेटमा नेपालिहरुको ब्लग खोत्लदै बसेको छु। साथिको ब्लग पढेर खुसि लाग्यो, मनबाट राष्ट्रीयताको भावना बिलाउन नदिनुहोला। यो देशलाई यस्ता युवाहरुको खाँचो छ।
उपराष्ट्रपतिको त भाषा मात्रै होला । अरु सबै नेताका व्यवहारले पोल्दैन ? पोल्छ भने समविचारीहरु मिली केही त गर्नै पर्छ भन्ने लाग्दैन ?