तीन नारीका तीन थरी गफ

महाभारतका यि तीन नारीपात्रहरुको गफ सुन्ने फुर्सद छ कि ?

द्रौपदी : ओहो ! कस्तो गर्मी पृथ्वीमा आजकाल
शुभद्रा : गर्मी हुन्न त, हेर न कस्ता hot hot केटाहरु
द्रौपदी : हो त ! त्यतिखेरको जमानामा झन केटाहरु  नांगोछाती   देखाएर  हिड्थे, यस्तो hot feel हुन्नथ्यो त
शुभद्रा : अहिलेका केटाहरु sizzling है पहिलेका भन्दा
कुन्ती : लाज लाग्दैन केटी हो यस्तो बोल्न
द्रौपदी : उस्, उस्, सुर्यसँग उँ उँ गर्नेले अब….


कुन्ती : त्यो त एक भुल थियो, मात्र भुल
शुभद्रा : भुलै भुलमा कर्ण आयो अनी महाभारत मच्चियो (सेटारो  हान्दै)
द्रौपदी : अहिलेका केटीहरुलाई जे होस् मान्नै पर्छ । हाम्री सासुआमा जस्तो  चुपचाप चै बस्दैनन् है ।
शुभद्रा : बस्नु पनि हुन्न नि, त्यस्ले केटाहरुको मनोबल बढछ ।
कुन्ती : अहिले त धेरै परिवर्तन भएछ, ल हेर केटाकेटी अंगालो मारेका, ओहो ।
शुभद्रा : यि आमैलाई बेकार ल्याको । यो २१ औं शताब्दी हो आमा, त्यो पनि कलियुगको ।
द्रौपदी : यी बुढीलाई के था । english को राज चल्छ बाबै याँ त, हामी दुइटीले त सिकेर पनि आका छौं ।
शुभद्रा : हे छोड, यी गन्थने बुढीलाई(छेवैको पृष्‍ठभूमीमा जिस्काउदै गरेको केटोलाई एउटी केटीले थप्पड हानेको दृश्य देखिन्छ)

शुभद्रा : (दाहिने हातका औंला मुखनजिक ल्याएर हाँस्दै ) गतिलो स्वाद पायो त्यो केटोले, अघिदेखी जिस्काँउदै थियो ।
द्रौपदी : (हल्का टोलाउदै) कास, हाम्रो जमानामा यती आत्मविश्वास भए पाँच पतिकी पत्नी हुनु पर्दैन थ्यो होला ।
शुभद्रा : (झस्काउदै) ह्याँ, के सोचिराको । भुताल्नु पर्ने बेलामा भुतालेनौ ति पाँच पाण्डवलाई, अनी अहिले सोचेर के हुन्छ ?
द्रौपदी : अहिले भको भये मैले जानेकी थिए । कती सहेकी छ त्यो मलाई नै थाहा छ । पाँचजनाकी स्वास्नी यिनै बुढीले गर्दा हो , वाहियात बुढी । जे ल्याका छौ बाडेर खाओ अरे, म बाँडेर खाने चिज हो ? मेरो जिन्दगी नै बिगारिदीइन यि बुढीले ।
कुन्ती : म बुढी भए भनेर ज्यादा नहेप मलाई, भन्द्या छ । अहिले पनि छोराहरु मेरै पक्षमा छन् , बुझ्या छ कि छैन ?
शुभद्रा : हे, छोडिदेउ द्रौपदी ति पुराना कुराहरु( सान्त्वना दिदै )
द्रौपदी : कसरी छोडनु, आफ्नी स्वास्नीलाई बाजीमा राख्न सक्ने कत्रो आँट यि बुढीका छोराहरुको ?
शुभद्रा : (रिसाउँदै) तिमी साँच्चिकै त्यै लायककी रहिछ्यौ चीरहरणको , तिमीसँग केही भको भए न तिमीलाई लाज हुन्थो । तिमीलाई लाज शब्द अलिक नि भको भए त्यतिखेरै यि केटीले झै दुई झापड आफ्नै लोग्नेलाई तानेर दिन्थ्यौ, यसरी अहिले रुन्नथ्यौ
कुन्ती : अर्जुनकी स्वास्नीले एकदम ठीक कुरो गरी, द्रौपदी । म बुढीले बाँडेर खाओ भनी गल्ती गरे तर तिमीले बाजीमा मात्र रोएर ठुलो गल्ती गर्‍यौ । यदी तिमीले त्यो दिन केही गर्न सकेकी भए आज त्यो केटोले त्यसरी जिस्काउने आँट नै गर्न सक्ने थिएन, शायद ।
शुभद्रा : हो द्रौपदी , त्यतिखेर चीरहरण, अहिले शब्द प्रहार…. फरक यत्ती छ ।

कुन्ती : हे कती रोकी, क्युँ कि सास भी कभी बहु थी’ कि तुलसी जस्तो पिचिक पिचिक
द्रौपदी : (आँशु पुछ्दै) अब यो तुलसी कहाँबाट आइ नि ?
शुभद्रा : ल हेर, तुलसी था छैन, सिरियलकी तुलसी (सम्झाउन खोज्दै)एकता कपुरको सिरियलकी तुलसी क्या त ।
कुन्ती : कस्ती लाटी रैछ(हल्का हातले काँधमा पिट्दै )एकता क्या त, सिरियल बनाउने छे नि , एउटै स्वास्नीको चारपाँचवटा लोग्नेवाला सिरियल हो त्यै ।
द्रौपदी : लौ, भनेपछी मेरो कहानी सिरियलमा आउन थालेछ क्यार । पहिले म बाध्यताले पाँच पाँचवटाकी श्रीमती भा थ्ये , अहिले चै किन हुँदा रहेछन नि ?
शुभद्रा : modernize हुनलाई होला नि, स्वाद फेर्न पो हो कि ?
कुन्ती : फेरी छिल्लिएको कुरो गरी येल्ले, अहिलेको चलनै होला नि यस्तै कि वा कहानी तान्न त्यस्तो देखाउँछन होला ।
द्रौपदी : (केही भावुक हुँदै) यदी म जस्तै  द्रौपदी जन्मदै छन भने त राम्रो हैन नि आमा । पाँचवटाकी पत्नी द्रौपदी बारम्बार जन्मनु हुन्न।
शुभद्रा : के गर्छौ त ! नेपालमा जस्तै टायर बाल्छौ, आन्दोलन गर्छौ, बिरोध जनाउन ?
द्रौपदी : किन ? नेपालमा बिरोध जनाउन यस्तै यस्तै गर्छन त ?
कुन्ती : लौ मेरी बुहारी लाई latest news को बारेमा जानकारी नै रै न छ। आफुलाई up to date राख मेरी बुहारी , up to date
दुवै : (आश्चर्यचकित मुद्रामा) आमा तपाईं अनी english ?
कुन्ती : केटी हो, आफुलाई up to date राख्ने अर्थमा आफु के हो, बिर्सन्नुहुन्न । म कसैकी आमा हुँ, अनी कसैकी छोरी । म आफु सारी नै लगाएर जिन्स पाइन्ट लगाउने समयको कुरा बुझ्न सक्छु, त्यही नै हो सहि मानेमा up to date, न कि सारी फ्यालेर जिन्स पाइन्ट लाउँदैमा up to date हुइन्छ ।

(पृष्‍ठभूमीमा टाइट जिन्स र टि सर्टमा ठट्टिएकी एक युवती देखियो)
तिनैजना : ल हेर, आइपुग्यो अहिलेको बुझाइ अनुसारको up to date (अनी हाँसो)

5 Responses

  1. यो त अति भयो । तर साँच्चै यिनीहरु आए भने यसै भन्लान है । हुन चैँ यो बेतुक कै गफ भयो ।

  2. Nice imagination. LOL

  3. thanks for reading the whole contents…too long conversation of ladies..I think they just need time, the topics can be generated in any time and in anywhere….though their conversation i liked.

  4. ramailo guff rahecha

  5. hahahhaha…gr8 creativity.

Leave a Reply

  • Add to Technorati Favorites Submit Your Blog To The Blog Directory