बिरेन्द्रको प्रश्न

२०५८-२-१९ मा एक हत्याकाण्डका शिकार भएका नेपालका शाहवंशीय राजा बिरेन्द्र बितेको हेर्दाहेर्दै ६ बर्ष बितिसकेको छ । यो ६ बर्षमा धेरै  परिवर्तन आइसकेको छ । हिजोसम्म राजसंस्थाप्रति  नतमस्तक हात आज औंला ठड्याइ ठड्याइ प्रश्न गरिरहेका छन । यिनी ति प्रश्नको उत्तर दिने अवस्थामा त छैनन तर फ्रेममा सजिएका उनी मात्र एक प्रश्न सोध्दैछन्

“हिजो मेरो निधनमा रसाएका आँखा आज मलाई किन तर्दैछन् ?”माहोल नै यही छ,माहोल अनुसार त चल्नै पर्‍यो नि!-यस्ता उत्तरदातालाई उनी पुन: प्रश्न गर्छन

“परिवर्तन आउनु ज्यादै राम्रो हो तर ईतिहासलाई के दिने ?”उनको प्रश्नले भविष्यमा राजसंस्था नरहे पनि ईतिहासले केही धरोहर, सामाग्री पाओस् भनी संकेत गरिरहेका छन ।

अहिले नेपाल तन्त्रै तन्त्रको जालोमा बेरिएको छ तसर्थ श्वास लिन कठिनाइ भइरहेको अवस्थामा एक खुला बातावरण खोजिरहेको छ । गणतन्त्रात्मक वा संवैधानिक राजतन्त्रात्मक कुन खुला स्थान पाउने हो ,त्यो अझै अनिर्णित छ तर जालै जालोमा जकडिइ निस्सासिदो अवस्थामा पुग्ने डर पनि उत्तिकै छ ।

King Birendra with family

        King Birendra with his family

समय, काल र परिस्थिती अनुसार परिवर्तन अपरिहार्य भएको जिकिर गर्दै उनी भन्दै थिए:-
‘म र मेरो परिवारको बलिदान एक परिवर्तनकै लागि भएको हो । यो निरर्थक नजाओस्’,  ‘केही परिवर्तनकै लागि मोड आउँछ,जेठ १९ र माघ १९ पछी पर्खाइ छ अब मात्र एक मोडको’ आशातित मुहार मुस्कुराइरहेका थिए, एक अर्को १९ लाई सम्झदै जसले केही खास परिवर्तन ल्याउने आशमा।

cremation of King BirendraCrowds gathering in cremation of King Birendra

                Photos of King Birendra Cremation 

‘जेठ १९ मा के भएको थियो ?’ दबिएर रहेको खुल्दुली खुल्दुली नै रह्यो, एक्कासी भ्याट्ट आँखा खुल्यो ।

मैनबत्ती बाली सिक्का प्रयोग गर्दै आत्मासँग साक्षात्कार गर्ने क्रममा राजा बिरेन्द्रसँगको कुराकानीका अंश समेट्दै यो लेख तयार गरिरहँदा एक प्रश्न पुन: गुन्जियो
“हिजो मेरो निधनमा रसाएका आँखा आज मलाई किन तर्दैछन् ?”

4 Responses

  1. मलाई पनि त्यस्तै लाग्दैछ , विरेन्द्र ले परिवर्तन गर्नै को लागि बाटो खोलिदिएका होलान ।
    म पनि सोच्छु, उनी र उनको परिवार मर्दा रोएका आँखा अहिले किन राजसंस्थालाई देखिनसहने भएकोहोला ?
    यस्तै छ ……………………………………..

  2. साच्चै हो त राजा बिरेन्द्रको आत्मासँग साक्षात्कार गर्नु भएको ??

  3. Yes I did coversation with the soul of King Birendra.Everyone can do this.

  4. we don’t forger king birendra he is in our hear we all love her ! now man can say i no more in world he is in Nepali people hear ! we can’t forget him we love her ! Miss U

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.