तीन ‘अ’ मा भेटिएका तीन अपरिचित

 तीन ‘अ’ यस्ता स्थान हुन् जहाँ मानिस जान चाहदैनन् र पनि रोग, शोक र भोकले यि तीन ठाउँ भरिरहन्छन । यि तीन ‘अ’ अर्थात अस्पताल, आर्यघाट र अध्यात्म चिन्तन स्थलमा भेटिएका अन्य भन्दा फरक तीन ब्यक्तित्वहरुको सेरोफेरोमा रहेको छ – आजको लेख ।

(युवा पात्रलाई ग्राहयता दिइएको यस खोजमा एउटा एउटा युवा भेटिए जो अन्यभन्दा केही फरक थिए-अझै खोजे अझै पाइन्थो होला )

‘किन ?’ हरेक दिनको क्याम्पस कुदाइमा जाँदा होस् वा आउँदा एकपटक अस्पताल छिर्दै जाने यि बिद्यार्थी, अवन्तिका न कुनै बिरामीको लागि आउँछिन न उनी आँफै बिरामी छिन ।

‘बिरामीले आफ्नो जिन्दगीसँग गरेको संघर्ष देखेर जाँगर आओस् भनेर’
‘जस्तोसुकै परिस्थितीमा ति बिरामी त सक्छन भने म पनि गर्न सक्छु भन्ने जोशको खातिर’
‘अनी मुख्य कुरा कुनै पनि रोगी शरीर देखी दया वा घ्रिणाको भाव नभै सहयोगको भावना आओस् भनी’

मेरो एक ‘किन’ को प्रश्नमा लगालग उत्तरका भेल आउन थाले । कमजोर त हुँदैनन यि युवाका सोचन शक्ती र पनि एक दुई पात्र मात्र किन भेटिइन्छन् यस्ता स्थानमा ? कुरो सोच्दासोच्दै आर्यघाटतिर बढेको पाइलाले अर्का युवा ऋजनलाई भेटाइसकेको थियो  ।

हरेक १-२ महिनामा आर्यघाट आइरहने पेशाले प्रहरी सेवामा रहेका यि ३३ बर्षे युवा पहिले बोल्न चाहेनन र पछि उनी बोल्दा किन हो आफु बोल्न सकिएन । 

‘किन ?’ अगिकै सरि मेरो प्रश्न दोहरियो ।
‘म मर्न डराउँदिन तर मान्छे भएपछि मर्नुपर्छ र एक मान्छे मर्दा उसका वरपरकालाई के कती असर गर्छ भनी महसुस गर्न म बारम्बार यहाँ आइरहन्छु’
‘तर प्रहरी हुनुहुँदो रहेछ नि ?’ शंशकित मेरो प्रश्न ।
‘यो मेरो पेशा हो । कहिले बाध्यता(माथिबाट) त कहिले अल्पज्ञानले थुप्रै गलत निर्णय गरियो होला । आफ्नो बलबुताले भ्याएसम्म त्यसलाई आभाष गर्नेछु । प्रहरी साथीहरुसँगै मिलेर एक कोष खडा गर्ने सोच्दैछु, प्रहरीबाटै दमन भएकाहरुको लागि ।’

प्रहरी भन्ने बित्तिकै कठोर शब्द सँगसँगै आउने हाम्रो मष्तिष्कले यसरी भावुकताले लोतपोत भएको प्रहरी भेट्दा अन्जानमै केही ठेसलाग्दो प्रश्न सोधिएला कि भनी अन्तिम एक प्रश्न सोधें मैले

‘अनी कविता, चित्र यि सब ?’
‘यी त भावना पोख्ने माध्यम मात्र हुन् ‘

मरेर गएपनि
म बाँचिरहुँ
कसैलाई चोट पर्ने भए
म फेरी मर्न पाउँ

बाहिरी स्वरुपलाई मात्र विचार गरी लख काट्ने हामी भित्री स्वरुप जान्न के पत्रकार नै भइ कुदनु पर्ने हो त ?

अध्यात्म चिन्तनमा लिप्त भेटिएका अर्का यि २६ बर्षे युवा डक्टरी पढ्दैछन । हप्ता, २ हप्तामा यसरी नै विभिन्न स्थलमा अध्यात्ममा एकचित्त भै योग वा मननमा एकाग्र पाइने यि युवा भन्छन्

‘मुख्य कुरो एकाग्रताको लागि हो र दोश्रो आफ्नो कर्तव्यबाट  विमुख हुन नदिन आफुले नै आफ्नो लागि गरिएको एक पहल’

‘धर्म सम्बन्धी के धारणा राख्नुहुन्छ ?’ केही फरक उत्तरको आशमा सोधिएको प्रश्नले फरकै उत्तर पायो

‘ लहरो हेर्दै जाने हो भने म हिन्दू हुँ तर म कुनै धर्म मान्दिन, मान्छु त मात्र ज्ञान’
‘किन यत्रो फरक त विचार ?’ गुदि जान्ने प्रयास ।
‘विश्वमा जती पनि युद्द भएका छन् मुख्यत दुई कुराम-sex र religion.धर्ममा बाँधिए द्वेष बढन सक्छ । धर्म देश हो त ज्ञान पृथ्वी । देशको नाममा विवाद कती भएका छन् तर पृथ्वीलाई लिएर कतै कुनै केही सुन्नुभएको छ ?’

अझ गुदी जान्ने प्रयासमा अब मैले sex तिर जानुपर्ने हुन्थ्यो तर अब त्यो प्रश्न अर्को कुनै भेटमा सोधिएला भनी एक अल्पज्ञान मनमनै केलाएँ

“यी तीन ब्यक्तित्व फरक त अवश्य छन् र पनि नमुना जस्ता शब्दले कहिलेकाँही किन सम्बोधित गरिइन्छन् ?”

One Response

  1. धर्मको कुरा गर्दा म पनि हिन्दु हुँ भन्छन् तर म हिन्दु धर्मलाई आफ्नो धर्म मान्दिन । किनभने धर्म सधै सार्वजनिक हुन्छ । त्यसमा कर्मकाण्ड, दर्शनका कुराहरू हुदैनन् । यदी कुनै दर्शन वा कर्मकाण्डसँग जोडिएको छ भने त्यो सम्प्रदाय हो ।
    पानी चिसो हुन्छ र तताएपछि वाफ भएर उड्छ । त्यो पानीको धर्म हो । हामी मानीस जन्मछौ र एकदिन मर्छौ , यो हाम्रो धर्म हो । यदि कोही आत्मा हत्या गर्छ भने त्यो चाहीँ फेरी धर्म होइन ।
    संक्षेपमा भन्नुपर्दा प्रकृतिको नियम अनुसार चल्नु नै सबैको धर्म हो र यो सबैमा लागु हुन्छ ।

Leave a Reply

  • Add to Technorati Favorites Submit Your Blog To The Blog Directory