तीनमा एकछिन

 एकै दिनका यि तीन वार्तालापलाई एकछिन सोची हेर्ने कि ?
 

बिहान:-

‘सुन्नुभो, ममता स्कुल जान्छु भन्छे’
‘पर्दैन, पर्दैन, यो स्कुल गए घरको काम चै कल्ले गर्छ नि?’T.V. को आवाज  कम गर्दै अंकल कड्कीए ।
‘फेरी यसका बाबुआमा कराउन थाले भने ?’
‘तलबमा २-३ सय बढाइदिउला भन्देउन, चुप लागिहाल्छन नि’
ढोकाको चेपमा कुचो लिइ कुरो सुनिरहेकी ममताको आँखाबाट एक आँशु तप्प चुहियो ।

दिउँसो-(बैंकमा)

‘अरे, किन औठा छाप, सही गर्न आउँदैन ? तिनै अंकल ।
‘बाबुआमाले छोरालाई मात्र पढ्न पठाए, अनि’ कालो पुछ्दै ति महिला ।
“अहिले पनि प्रौढ शिक्षाहरु हुन्छ त, पढनु नि’
‘नाम मात्र लेख्न सिके ठिकै हुन्थो, अब पढ्छु’
छेवैमा रहेका माड्साबसँग हल्का मुस्कुराए हाम्रा अंकल ।

बेलुका-(घरको पार्टिमा)

हातमा वाइन छ
‘पहिले छोरा र छोरीबीच भेदभाव हुनाले आज ति महिलाले छाप लाउनुपर्‍यो, हैन माड्साब’
‘अहिले पनि कती ठाउँमा भेदभाव नै छ’
‘मेरो मा त फिटिक्कै छैन, उल्टै छोरीलाई महँगो बोंडिङ्गमा बोर्डस
गरदर्‍या छु’ अंकल गजक्क हुँदै भने ।
पृष्‍ठभुमिमा ममताले गिलास टिप्दै गरेको दृश्य देखियो ।

4 Responses

  1. hahahahaa, good one!!!

  2. How nice it would be if uncles, having childrens like Mamata could see this and realizing something they let Mamatas go to school. Let’s hope so.

  3. hyahyahyahya…..Verry Good brod….

  4. nice

Leave a Reply

  • Add to Technorati Favorites Submit Your Blog To The Blog Directory