शिक्षा,कतै दिक्षा त कतै भिक्षा

आज के लेखुँ भनी सोच्दै थिए, दुई बालबालिका छेवैबाट गएको देखें, अनी देखें,विचित्रको फरक । यो फरक महसुस गरिदै आइएको हो तर आज कलम किन हो जुरुक्क उठेर भन्छ “आखिर यत्रो फरक किन ?” बालिका भारी भरकम ब्याग बोकेर आफ्नो ढाड कुप्रो बनाउदै थिइन् त छेवैका बालक मात्र २ किताब च्यापी भुक्के चप्पल घिसार्दै थिए । बालिका घर मालिककी छोरी, बालक त्यही घरको नोकर । गुनासो गर्ने त कसलाई ? घर मालिकलाई गरौं त कमसेकम अर्काको बच्चोलाई पढाउदै त छन्, बोडिंगको पढाइ महँगो छ, उनी गरुन पो के गरुन ? सरकारलाई भनौं त उसलाई फुर्सद नै कहाँ छ, यो खाडल पुर्ने, न ल्याकत नै छ । ल्याकत छ भनौं भने केही गर्न खोजेको देखिएको हैन, छैन भनौ भने अनेक नीति र योजना बेला बेलाँ फुक्ने गरेको पाइएको छ ।

सरकारी र निजिबिच यत्रो असमानता किन ? शिक्षामा एकरुपता खोइ ? यि यस्ता कैयौ प्रश्नहरु बिच घेरिदा म एउटा प्रश्नलाई मात्र बिचार गरिरहेको थिए, यि प्रश्न सोध्ने कसलाई ? विश्वबिद्यालयको पदाधिकारीका कुर्सिदेखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीसम्म , सरकारी स्कुलको क,ख देखी बोर्डिङ्ग स्कुलको A,B,C,D सम्म शिक्षाका हरेक तप्का तप्कामा छिरेको राजनीतिसँग शिक्षा सम्बन्धी एक गतिलो राजनीति नै छैन ।

शिक्षा त अझ राजनीतिको मुख्य कार्यस्थल नै हो भन्दा नि हुन्छ, राजनीतिका हस्तीहरु यै क्षेत्रबाट शुरु गर्छन्, बिद्यार्थी नेतादेखि देशका नेतासम्मको यात्रा । राजनीतिको मुख्य थलो नबनोस् पो कसरी, मुफतमा भिडी हिंड्ने कार्यकर्ताका भिड जो पाइन्छन् यहाँ । कुनै क्याम्पसमा किबोर्डमा चलाएर थाकेका हात भेटिन्छन् त कही तिनै हात चुनावी पर्चा बाड्दै गरेको भेटिइन्छ(प्राय)। बिद्यार्थी यता होस् वा उताका, बिद्यार्थी नै हुन् त पनि यत्रो फरक किन ?

बिरोध गर्नुपर्‍यो यिनैको गेटमा ताल्चा, टायर बाल्नुपर्‍यो यिनै बिद्यार्थीको प्रयोग, अनी यिनै प्रति समर्पित एक सोच खोइ भन्दा सब चुप । कोहिसँग केही भए पो कोही केही बोल्दो हो ? मौनताको आशय यही नै हो त ?

सात सालदेखी कार्यकर्ता र दस बर्षे युद्दकालमा छापामार के सम्म बनाइएनन् शिक्षाका तैराकीलाई ? कतैका तैराकी पौडदै महासागरसम्म पुग्छन् त कतैका कुवामै छटपटाइरहन्छन्,यत्रो फरक किन ? बजेट नभएर हो भनौं त त्यो पनि हैन होला, बलियो निती नै नभएर भनौं भने देश खाइ शेष भएका दिमाग प्रशस्तै भेटिन्छन् याँ नेपालाँ ।

देशलाई बलियो बनाउन शिक्षामा प्रशस्त ध्यान दिनुपर्नेमा यसलाई पाखा लगाएर(वेवास्ता गरेर) समस्या समाधान हुन्छ त ? शिक्षाको नाममा कही खिरै खिर त कही मात्र कनिका, कहाँसम्मको न्याय हो यो ?
(एक दुई अपवाद छाडेर प्रायलाई ध्यानमा राखिएको छ)

Leave a Reply

  • Add to Technorati Favorites Submit Your Blog To The Blog Directory