कोमल तर कठोर
रक्तसंचित यि हातहरु
अनी शब्द शब्द लिइ कुदेका
जोश मिश्रित ति नशाहरु
मात्र एक शब्द चिच्याउँछन्
धेरै भयो, अब मात्र ‘मुक्ती’
यिनी शब्दलाई यसरी अठ्याउँछिन्
शब्द नै निस्सासिदो हो
उम्कने विफल प्रयासमा
छताछुल्ल भै पोखिदो हो
र त नि शब्द शब्द मिलेर
शब्दसागर बनिदो हो
त्यो शब्दसागरमा पौडिन पाउँदा
बिचारका महासागर नै उर्लिदो हो
दर्शनका दर्शन सोचनिय छन्
सोचाई बलियो कि हेराई, खोजनिय छन्
सोचका ति पोकाहरु
खोलिदिदा, क्या जाती हुन्थो
गुम्सिएका शब्दलाई
‘मुक्ती’ दिदा, क्या शान्ति मिल्थो
शान्तिकै लागि
बढेका पाइला, क्रान्ति मिल्थो
Note: Darshan Karki is a journalist n her website address is
Filed under: कविता कुण्ड






