त्यो सानु प्रयास नै त थियो जो उत्साह आज बनिदियो
कदममा कदम के मिलेथ्यो यो गन्तब्यमाझ पुगिदियो
यो अझ यात्रामा नै छ, तितामिठा मोडहरु
घुम्तिहरु थुप्रा आए तर डगमगाएनन् अठोटहरु
एक नक्शा के कोरेथ्यो, इँटामा इँटा थपिदै गो
गुन्जायमान आकाशमा यो तारा झै चम्किदै गो
उर्जा दिउ है साथी हो, सुर्य झै चम्काउनु छ
तेल दिउ है साथी हो, यो दियो दिप्तमान बनाउनु छ
आफ्नै खुनद्वारा श्रिजित आफ्नै हिमालि पाराको
आफन्तकै पसिनाद्वारा सिंचित हाम्रै नेपाली साराको
दुरी मात्र टाढा, सम्बन्ध त आफ्नै हो
एक स्पन्दनबाट के उब्जेथ्यो ढुकढुकी भो सार्हा को
बिर्सें हुन्छ अतितका ति कहालीलाग्दा चोटहरु
बिचार मात्र कहाँ हो र खुल्दैछन अब ओठहरु
सुरिला शब्दहरु, अनी झुलिन्छन मनका रहरहरु
तंरगित छ अझ पनि नेपाली पनका लहरहरु
तिमी पनि सुन्ने हो कि मेरो अनलाइन साथी…हिमाली स्वरहरु
Note: “Himali Swarharu” is an online radio program generated from New York on the direct supervision of Sahadev Paudel. Do support him by listening this radio program in Internet.If u don’t ve anything to give him, then also, give moral support to him bcoz moral support is also a kind of support.
Filed under: कविता कुण्ड







nice