हात मिलाउने अवसर

” यो संवाददाता अली अनौठो लाग्छ मलाई ” म फर्के लगत्तै ति युवती छेउकै साथीलाई भन्दै थिइन ।
एउटै प्रश्न बिभिन्न ब्यक्ति-बिशेषलाई सोधी तिनीहरुको विचारलाई केलाउन सार्‍हो मजा लाग्छ मलाई, मजा पनि किन नलागोस् फरक फरक कोणबाट हेर्दै दिइएका उत्तरहरु गन्दै जाँदा उत्तरका परिभाषा अनगिन्ती बनिदिन्छन्, जबकी प्रश्न हुन्छ मात्र एक ।

” हात मिलाउने अवसर पाउँदा को सँग मिलाउन चाहनुहुन्छ तपाईं ” यो चोटिको प्रश्न म आँफैलाई कता कता अनौठो लागिरहेको थियो ।

ek haat samai hidne watawaran kahile aaula ?

” एक यस्तो साथी जसको स्पर्शमात्रले म मा एक कम्पन ल्याओस् ” ति युवती, आंकाक्षालाई थाहा थियो शायद, म यस्तै भिन्न उत्तरलाई प्राथमिकता दिन्छु भन्ने र त नि उनका उत्तर यहाँ छन् ।

” धेरै भयो हात मिलाउने काम, भष्ट्राचार, विऋती,विसंगति,कुरीती को को सँग हात मिलाउने काम भएका छैनन् र ? अब बेला आएको छ हात धुने न कि हात मिलाउने ” एक २५ बर्षे युवा, आश्रयले यसरी उत्तर दिइरहदा म सोचिरहेको थिए, हैन! हरेक ब्यक्तिको अन्तरकुनामा एक बिमल निभा सुतिरहेको हुन्छ कि क्या हो ? घुमाउरो तर सोचनयोग्य उत्तर ठाउँमा दिने अनी सुतिहाल्ने फेरी । कती गजब हुँदो हो त्यो बिमल निभा सधैंभरी उठिरहदो हो त ?

” पहिले मेरो प्रश्नको उत्तर दिनु हुन्छ कि ? ” बानी लगायो भने अब संवाददाताले हरेक उत्तरदाताका प्रश्नमा अल्झिनुपर्ने हुन्थो तर अँह भन्न पनि त सकिएन ।

“भन्नुस्”
” एउटा आँखाले संसार देखिन्छ भन्दैमा अर्को आँखा फोड्ने कार्यलाई के भन्नुहुन्छ ?”

यदी यसरी नै उत्तरदाताको प्रश्नलाई लिदै जाने हो भने मैले कलम बन्द गरे हुने रहेछ किनकी यि प्रश्न मेरा भन्दा निकै गहकिला र तार्किक थिए । आश गरौं, यस्ता प्रश्न उठिरहुन प्रत्येक युवा मनभित्र, केही उत्तरको अपेक्षामा। उनका एउटा र अर्को आँखाले क्रमश: राजनिती र (शान्ति, बिकास)लाई जनाउदै थिए ।

” यहाँ यही नै भैरहेको छ । हात मिलाएर केहि हुन्न, गम्लाङ् अंगालो हाल्न सक्नुपर्‍यो ।” गतिलो प्रश्न सोधेर मेरो मन जितेका २७ बर्षिय,अनुभव राजनिती तर्फ ईशारा गरिरहेका थिए ।

” के कती फोहरी छ केही बिचारै नगरी गम्लाङ अंगालो हाल्ने त ?” उनकै साथी,ऋषिले विमति देखाए ।

” एक अंगालोमा बाधिनुपर्छ भन्ने, अनी अंगालोको घेरा साँघुरो बनाएर अघि बढेर के हुन्छ ? बातावरण बनाउनुपर्‍यो, दुवैतर्फबाट आफुलाई नुहाइ धुवाइ।”
अब भने दुवै साथीले भन्न खोजेको कुरा प्रस्टिए जस्तो देखियो, ऋषि जो ‘हो’ संकेत स्वरुप टाउको हल्लाउदै थिए ।

यस्ता गहकिला मात्र हैन,केही चटपटा र रमाइला उत्तर पनि फेला पार्‍यो यो संवाददाताले
” एउटा हात अभिषेकले लगिगो, अब करिनालाई मिलाउकी भन्ने सोच्दै छु, त्यो पनि कल्ले लाने हो ?”
” एक यस्तो हात मिलाई सम्भव छैन ?एकका गुण अर्कोमा सरिहाल्ने ?”
” जज बुश, अनुभव गरौं न कैयौ इराकी जनताको रगतले रंगिएको हात कस्तो छ भनी “

” हात मिलाउने काम राम्रो हो तर यसैलाई प्राथमिकतामा राखेर पुर्वेली सभ्यताको प्रतिक ‘नमस्ते’ लाई बिर्सिदा मन रोएको छ हाम्रो” नेपालको लोगोमा हात मिलाएको चित्र राखेको संचितालाई कत्ति नि मन परेको छैन ।
“त्यो पनि नारी पुरुषको, अली सुहाएन” उनको असन्तुष्ठी यसरी पोखियो ।
” यो देशमा ठुलाको आदर गरिन्छ भनी के ढोगेको चित्र राख्ने ? नारी पुरुष एक भै काम गर्छन् भन्ने जनाउन हातमा हातको सट्टा काँधमा काँधको चित्र किन नराखेको नि ?” प्रश्न अली आवेशमै सोधिएको थियो ।

” कलाऋतिको धनी यस देशको लोगोमा नेपालीपन झल्कनुपर्थो न कि पाश्चात्य शैलीको हात मिलाई ” सुझावयुक्त उनको भनाइमा यो संवाददाता एकछिन मननमा पर्‍यो, अनि सोच्यो, यि युवाहरुका प्रत्येक उत्तरमा केही निचोड भेटिन्छन् र पनि उनिहरुको उत्तर किन सुनिइदैन ?

Leave a Reply

  • Add to Technorati Favorites Submit Your Blog To The Blog Directory