पत्रकारसँग एक रात

भनिन्छ, पत्रकारिता राष्ट्रको चौथो अंग हो,कारण ? उत्तर सहज छ-सत्य प्रकाशन । चिन्नु न जान्नुका मान्छेबिच नोट तेर्साउदै हिंड्ने अनी नाँनाभाती प्रश्न सोधेर प्रस्नै प्रश्नमा अल्झाउने यि पत्रकारसँग एक रात बिताउनु पर्‍यो भने तपाईं के गर्नुहुन्छ ?

” ‘हयाण्डसम’ रहेछ भने त गंम्लाग अंगालो हाल्थे नि !”मेरो प्रश्नको पहिलो उत्तर त्यो पनि निकै सरल ढंगले एक महिलाबाट। आश्चर्य भावको मेरो मुद्रालाई देखी ति महिलाले प्रस्टाइन ।

” अनि, एक शिशु पत्रकारलाई जन्म दिने थिए ,without any physical connection ” अर्थात गतिलो पत्रकार रहेछ भने पूर्णरुपले पत्रकारिता महसुस गर्थे र एक नयाँ पत्रकारलाई बाटो हिंड्न सिकाउँथे । उनको आशयमा एक नौलो अनुभव महसुस गरे मैले, पत्रकारसंगको एक रातको लागि हरेक रात कल्पनामा बिताउने अनुभव ।

” मलाई चान्स मिले म पनि त्यही नै गर्ने थिए “ति महिलाको कुरामा हो मा हो मिलाउदै सहमती जनाए सँगैका पुरुषले । मेरो हल्का प्रश्नको यसरी गहकिलो उत्तर आउला भनी अली कमै आशा राखेको थिए ।

” मेरो बारेमा के खयाल छ नि ? “लज्जा मिश्रित हल्का हाँसोले सोधिएको यस प्रश्नमा भने संयुक्त जवाफ आयो
” तपाईं अली बच्चै हुनुहुन्छ, मिल्दैन ।”
र साथै आयो खुला हृदयको हाँसोयुक्त बातावरण ।

मेरो यही प्रश्न तेर्सियो टुँडिखेलमा पत्रीका पढ्दै गरेका एक युवालाई, यहाँ सोचे भन्दा अली भिन्नै उत्तर पाइयो ।
” हेर्नुस्, यहाँ प्राय: तीन तरिकाका ब्यक्ती पाईन्छन जो लेखिरहन्छन् :- Jounalist,Author र Journathor “
संवाददाताले थाहा भएको दुवैमा सहजरुपले टाउको हल्लायो तर Journathor…?
” यि Journathor भनेका Journalist र Author का cross product हुन् । यिनिहरु छन्द समात्न खोज्दै जीवनका हरेक पहलुमाझ पुग्न खोज्छन् ।”

wow, आफ्नै logic, त्यो पनि धितमर्दो तर बाँकी कुरा संवाददातालाई नै बुझ्न छोडे जस्तो एकछिनको शुन्यता । त्यतिकैमा देखे एक नोटबुक ,कविताले भरिएको ।

” कविता त राम्रो लेख्नु हुँदो रहेछ नि ?”

” यि यस्ता Journathor ले गर्दा पागलहरुको बस्तीमा डेरा जमाउने भुत चढ्या छ ।” उनको भनाइमा एक प्रकारको सन्तुष्ठी साथै असन्तुष्ठी एक साथ साफ प्रकारले झल्किरहेको थियो । चोर औंलाले कान्तिपुर पत्रीकाको पत्रकार, ……., लाई इंगित गर्दै दिइएको यस उत्तरमा उनलाई यि पत्रकारले राम्रै प्रभाव छाडेको छनक प्रस्टै छल्किन्थ्यो ।

म तिम्रो समिप आए
तिमी नांगिन्छौ, यो यथार्थ हो ।
तिम्रो बीज त लिइसके
यो शिशु, प्रमाण भो ।
बिना कुनै संपर्क, वास्तविकता यही नै हो ।

तिनै पत्रकारप्रति समर्पित कविताको यस सानो अंश तर्फ ईशारा गर्दै दुवै आँखा खुम्च्याइ ‘यो के हो ?’ भन्ने प्रश्नमा उनले नोटबुक तान्दै भने
” तपाईं अली बच्चै हुनुहुन्छ, बुझ्नुहुन्न ।”

यस्ता प्रश्न सोधी हिंड्न लाज लाग्दैन,एक आमैले मारसँग झपार्दै बाटा पारी लागिन्। चित्त नदुखाउन बरै, म छ नि, एक बुढा हाँस्दै अघी आए ।
” म बुढा, उनै बुढीको बुढा ” मेरो खिस्रिक्क मुहारमा मोनालिसा मुस्कान ल्याइदिये ति बुढाले।

 ” कुरो के भने, हरेक ब्यक्तिभित्र एक पत्रकार हुन्छ । पत्रकार मात्र किन ? हरेक वर्ग, शक्ती लुकेको हुन्छ, मात्र परिश्रम चाहिन्छ त त्यसलाई चिन्न र खनेर बाहिर निकाल्न। धेरै भए कलममा होडबाजी गर्ने पत्रकारहरु, अब देशलाई खाँचो छ त एक सच्चा पत्रकारको जो प्रत्येक ब्यक्तिलाई ‘ म पत्रकार हुँ ‘ भन्ने महसुस गराउन सक्छ। एक आम ब्यक्ती सिर्फ घटना हेर्छ तर पत्रकार घटना भन्दा भित्र गैं गुदि जान्न खोज खोज्छ। पत्रकार भन्ने बित्तिकै लेख्नै पर्छ भन्ने छैन, सोच्ने तरिकामा फरकपन महसुस गर्नु ठुलो कुरा
हो। मात्र यही चरित्र(गुण) सबैमा महसुस गराउन सके के एक घर, त्यसपछी समाज हुँदै देशको अवस्था समय अनुकुल हुँदैन होला त ?”

यि हँसिला बुढाको पनि यस्तो सोचमग्न जवाफ पाइएला भनी के मैले सोचेको थिए त ? पक्कै थिइन।
” म केही गर्न सक्छु कि, बा ?”
उत्तेजित तथा जोशिलो भावमा प्रस्ताव राखे, उत्तर आयो
” तपाईं अली बच्चै हुनुहुन्छ, उमेर भा छैन ।”

ट्रिङ्ग~~~हा..ईई…हँ…यो संवाददातालाई के भएको छ ? एक प्रश्नको उत्तर खोज्ने प्रयासमा महिला, पुरुष, युवा, आमै, बुढा के बनेनछ एक सपनामा ? जे सुकै बने पनि सपना चै रमाईलै थियो, मनमनै हाँसे, अनी आंग तान्दै सोचें

” साच्चै ! यो बच्चो बढ्छ चै कहिले ? कि सधैं बच्चै मात्र रहिरहने हो ? “

me bachcho

2 Responses

  1. What did u wanna portrait out in this scrap?? It takes a big deal to be a jouirnalist than a journoathur do as you have defined “journoauthor” as, isn’t it? coz one can’t make independent vision so easily that a journalist takes….

  2. First of all thank you Roopess Ji for reading me…

    Each person has eyes and can see things in more unique and intresting manner than one jounalist is seeing….I wanna portray this message to all through this article….and specially to journalists…And I don’t think it’s too hard to see as Journalist is seeing….even a Journathor can catch their fault with nice watching……and also to write only is not a journalist duty, to make other feel themselves as a Journalist is also his duty…That i wanna portray…..

Leave a Reply

  • Add to Technorati Favorites Submit Your Blog To The Blog Directory