केही खोज्ने आश

एक दार्शनिकले भनेका थिए प्राऋतिक रुपमै केही छिनको लागि मानिसको दिमाग पागल हुन्छ, ज्यादा तिक्ष्ण हुन्छ, सुत्छ अनी मर्छ पनि अरे । तर यहाँ यो संवाददाताको दिमाग एक छिनको लागि नभै एक दिनको लागि पागल हुन खोज्दै थियो । केही नै नभएको ठाँउमा केही पाउने आशमा यो संवाददाता लागिरहदा उसको आफ्नै दिमागले भन्दै थियो ” यो त अली अचाक्ली नै भयो कि ? “

घटना खोज्दै ठाउँसम्म पुग्नु वा ठाउँमा पुगेर घटना खोज्नु अर्कै कुरा हो तर मानिसको ओहोरदोहोरमात्रको स्थानमा एक ठाउँमा बसी रही अब पो केही भेटिन्छ कि भन्दै पुरै दिन बिताउन खोज्नु, म आँफैलाई कता कता भद्दा लागिरहेको थियो । तर यसरी पागलपनको सिमा नाघ्दै नजाने हो भने यस्ता लेखहरु कसरी बनिन्थे होलान् र ?

बिहानको ६ बजेको छ, स्विपरले कुचो लाँउदा निस्केको ख्यार्‍र ख्यार्‍र आवाज एक तमासले आइरहेको छ अनी छेवैको मन्दिरको घण्टाका ध्वनी क्रमश: बाक्लिदै छन् । बिहानीपख भएर हो शायद, हल्का चिसो मौसममा संवाददाताको यो पागलपन एक प्रकारले रमाइलै लागिरहेको छ । चिया पसलेको घडीले सात बजेको संकेत गर्‍यो ।

एक युवक हातमा जल लिइ नांगो खुट्टा मन्दिर तर्फ जाँदै थिए, लिदै गरेको चिया टेबुलमा छाडि हानिये म तिनै युवकतर्फ ।

” निकै आस्तिक हुनुहुन्छ जस्तो छ नि ?” मन्दिरको सिढीं झर्दै गर्दा मेरो प्रन प्रश्न तेर्सियो उनिमाथि ।
” हेर्नुस्, नास्तिकहरुपनि एक अद्रिश्य शक्ति मानिरहेका हुन्छन् जसलाई हामी भगवान भन्छौं ” घाँटिमा लटकिरहेको मेरो ID card पढ्न खोज्दै ति युवाले भने ।
” पढ्ने र केही गर्ने उमेरमा मन्दिर मन्दिर दगुर्छ भनी चिन्ता गर्नु हुन्छ बुवाआमा तर हल्का आस्तिक भइ भगवान सम्झदा राम्रो, नराम्रो छुट्याउन सक्ने र एक सिमा, परिधिभित्र आफुलाई राख्न मद्घत मिल्ने आदी कुरा उहाँहरुलाई बुझाउनै बाँकी छ । पुरै लित्ती तरिकाले म हिंडेको हैन, आँफैलाई छाडा हुन नदिन मात्र मन्दिर आएको हो ।” उनको नांगो खुट्टातिर संकेत गर्दै म प्रश्न तेर्स्याउन खोज्दै थिए, शायद भावै बुझेर हो, उनले उत्तर दिइहाले प्रश्नै सोध्न नपाईं ।

म चिया पसल फर्किदा मेरो पिउदै गरेको बाँकी चिया हिडिसकेको रहेछ मलाई नपर्खिकनै ” ओ दाजु! अघिको आधा चिया पाइन्छ कि पाइन्न हँ ?”

अब भने चहलपहल दरिलो हुँदैछ, अफिस जाने ट्याम जो हुँदैछ । बिहान बिहानै केही भेटिसकेको यो ‘म’ पात्रले यती चाडै अर्को केही चिज भेट्न लाग्दा मेरो मन एक बच्चाझै फुद्रुक् फुद्रुक् उफ्रदै थियो । अफिस हिड्दै गरेका एक कर्मचारी तल झरेको एकको डलर टिप्दै थिए ।
” तपाईंको हो?” म उनको अगाडि ठिङ्ग उभिएको देखी अलिक झस्कदै उनले सोधे ।
” के गर्नु हुन्छ यो एकको डलरलाई ?” मैले मेरो ID देखाउदै सोधें । ID नदेखाए सुन्न खोजे भन्दा फरक उत्तर पाइन्थो होला जुन अलि कर्णप्रिय नहुन पनि सक्थे ।
” बाटैमा माग्ने भेटे उसैलाई दिन्छु, घरसम्म यो पुग्यो भने खुत्रुकेमा हाल्छु तर मन्दिरमा गएर भेटी चैं दिन्न ।” हल्का आत्मिय मुस्कान मिश्रित उत्तर पाँए मैले ।
” माग्नेलाई दिनु नै थियो त टिप्नु भयो किन ?”
” यिनै लक्ष्मीको लागि दिनरात दगुर्नु छ अनि तिनैलाई बाटामा नै भेट्दा अपहेलित गर्न पनि त भएन नि !”
” तर यो त एकको डलर हो नि !”
” के फरक पर्छ र, लक्ष्मी कुनै पनि रुपमा आउन सक्छिन्, अनि फेरी यैं एकको डलरले कसैको पेट पनि भर्न सक्छ ।

smthing searching

दस बजेतिर भेटिएको मेरो यो केही पछि केही नै भेटिएको छैन, भेटिएका पनि निचोडिएको कागती जस्ता छन्,थोप्पो रसै नभएको । यो चिया पसले चिया बनाउँदै, मलाई हेर्दै,गर्दैछ,के सोच्दै होला मेरो बारेमा ? चार बजिसक्यो , छ बजेदेखी आएर एउटा टेबुल कब्जा जमाएर बसेको छ, कस्तो खालको मान्छे हो ?  भन्ने सोच्दो हो । त्यो फुच्चे चैं के सोच्दो हो,केही लेखिरहँदा विद्वानै हो भनी सोच्दो हो । धन्न म ज्याद्रो चैं रहेछु, laptop र कलमको भरमा एकै ठाउँमा ६ देखी ४ बिताउन सक्ने ।

छ बजिसकेको छ, बिस्तारै साँझको रमाइलो बातावरणमा प्रवेश गर्दैछ माहोल ।
अब यति नै होला भनी आश मार्दै थिए, मेरो छेवैबाट एक युवक केही बोल्दै जाँदै थिए तर उसको बोली न मोबाईलमा बोलेजस्तो सुनिन्थो न उ आफुसँग नै बोलेजस्तो महसुस हुन्थो ।
उनिसँग गएर कुरो बुझ्दा थाहा भयो उनि अंग्रेजीमा self conversation गर्दै रहेछन् अर्थात अर्को ब्यक्ती आँफैलाई बनाएर कुराकानी गर्नु । ” english मा कुरा गर्ने साथी नपाएर हो ?” मैले सोधे । “हैन । साथीसँग कुरा गर्दा एउटै topic मा अल्झिनुपर्ने हुन्छ तर self conversation गर्दा जता पनि जान मिल्छ,त्यसैले ” प्राय: हरेक साँझ यसरी नै हिंड्ने यि साथी क्याम्पस पढ्दा रहेछन् ।

“English improve गर्न हो ?” फेरी सोधें । “हो। बोडिङ्गमा पढेको भए यस्तो गर्दै हिंड्न पर्दैनथ्यो होला । कोही कोही त खुस्केको भनी भन्ठान्छन् ।” हल्का भावुक हुँदै दिएको उनको उत्तरले सरकारी स्कुलको अंग्रेजितर्फको वेवास्तापन तर्फ गुनासो जनायो । “अंग्रेजी अहिले अपरिहार्य भएको छ र पनि हाम्रो शिक्षा प्रणाली यो बुझ्दैन या बुझेर पनि किन हो बुझ्न चाहदैन ।”

केही पाउँदिन कि भन्ने डरै डरमा बढेको मेरो पाइलाले तीन तीन केही भेट्टाउँदा म आँफैमा प्रफुल्लित हुँदै थिए अनी सोचें “केही पाउने चाह छ भने मात्रा मात्र चाहिने रहेछन् तिक्ष्ण आँखाहरु जसका लेन्सले रेटिनामा मात्र नभै सिधै मष्तिष्कमा ढकढक गर्न सकोस् ।

” पत्रीकामा मेरो पसलको नाम पनि आओस् ल दाजु ” चियाको पैसा बुझाउदा चिया पसले आग्रह गर्दै थियो । ” रामुको चिया पसल ” बाइक हुँइकिदासम्मा उ कराँउदै थियो।

One Response

  1. Its been nice reading you Ametya Ji…!! I hope you get what you were finding….Why the writings are obscured I dont know…I find it hard to understand…bujhna lai ta yettikai padera bujhe bhanda kei ni hunna….bujhis bujhe bhaneko jasto…but padera writing ko purai feelings bujhnu ma chahanchu…..ali kasto kast…dherai kura haru bhayeko…monologue jasto….maan ka dherai feelings…haru lai ramro anga recollect garne khubi dekhe maile…dherai nai ramro lagyo padna…..

    Keep on writing !!!!

Leave a Reply

  • Add to Technorati Favorites Submit Your Blog To The Blog Directory