shifted to blogger

The author of this wordpress blog has been shifted to

 

http://ametya.blogspot.com

 

Thank you for coming ……

भिखारीको प्रश्न

केहि नभएर नि
मिठो निद्रा छ मसँग
डस्ना बिछ्याउँछौ तिमी
निद्रा माग्छौ को सँग ??

हेर तिम्रो आँखामा
अतृप्त एक चाह छ
हर चिज छ काखमा
र पनि के को प्यास छ ????

हर रात हर प्रहर
खोजि हिड्दछौ जिन्दगी
हराएको भए न भेटिन्थ्यो ?
फेला पार्छौ कसो गरि ??

खोजि तिम्रो कस्तो हो ?
व्यस्ततामा व्यतित भो
आँखा चिम्लि सोची हेर
के यहि नै तिम्रो खोज हो ???

आनन्दिरुपले जिउछु म
भलै घर घर चहारिकन
चिन्तनमा डुबेको देखिन्छौ सधैं
कति दयनिय अनि जिर्ण, कठै ! तिम्रो जिवन

अन्तर के नै पो देखियो ! हजुर
हामी दुई बिचमा
म मागि हिड्छु अन्नका खातिर
तिमी जिन्दगी हर बगरमा !!

पशुपतिमा एक साँझ , ईश्वरको अस्तित्व ?? प्रश्नचिन्ह !!!

कम्पनरत छ मुटु, रक्तसिंचित नशाहरु व्यग्र छन् , दौडाइमा छु म । जिन्दगी त वैसे पनि दौडिरहेको छ तर आज शारिरीक रुपमा नै साँझको हावा खान पशुपतितिर हानिएको छु बेजोडसँग । साँझको परिवेश बिहानको भन्दा फरक त अवश्य नै छ । फरक यस मानेमा कि बिहान ‘हेल्थ कन्सियस’ हरुको जमात हुन्छ त साँझ ‘भगवान एक रुप अनेक’ को नारामा ढल्किन्छ , पशुपति नगर । जोगिदेखि लिएर भोगिसम्म, जोडीदेखि लिएर कौडिसम्म को संगम स्थल , पशुपति परिसर , अझ अर्कै अनुपम स्वादमा आफुलाई पस्किरहेको झैं भान हुन्छ । आरतीको समय भएको छ ।

चिता जलिरहेको छ । रोदन छ, क्रन्दन छ । भजनमा लिप्तहरुको फेरी यता छुट्टै संसार छ । कोही आलिंगनमा मस्त छन् त कोही नशाको बन्धनमा । आँखा एक तर  फरक फरक कोण अनी फरक फरक द्रिश्य । यस्ता विविध द्रिश्यहरुको भुमरिमा आरतीको संगितमा लिप्त भई एकाग्रताको एउटा परिधिमा समाहित हुन खोज्दैछ मेरो मन तर अनायस एक शिर्षक मानसपटलमा घुम्दछ । पशुपतिमा एक साँझ ,ईश्वरको अस्तित्व ?? प्रश्नचिन्ह !!! आरती स्थल तल बाग्मती किनारमा एक बहुलाई भजनको तालमा नाच्दैछिन् ।

अन्यको लागि एक रमाइलो रमिता भएको उक्त बहुलाईको नाच मेरो लागि भने प्रश्न बनेर उभिरह्यो ।

जीवन ईश्वरको देन हो । तर यस्तो जीवन के जीवन जुन शुन्यतामा रमित छ र आफ्नो आधारभुत आवश्यकताबाट बन्चित छ । सचेतना जस्तो जीवनको मौलिक हकबाट बन्चित यि बहुलाई आफ्नो नाचबाट प्रतिप्रश्न गर्दछिन् , ईश्वरको अस्तित्व छ त कहाँ छ ???

श्वेतबानु – एक जल तरंग

A poem created for blog श्वेतबानु

श्वेत पत्र पत्र
भावनासँगको अन्तर्द्वन्द
सङ्लो मनको सजिव चित्रण
श्वेतबानु – एक जल तरंग

एक एहसास
मात्र जिन्दगीको
हरदम हरक्षण
स्पर्श छ – कोमल मनको

थिर आवाज, अस्थिर छ कम्पन
श्वेतबानु – एक जल दर्पण

संघर्षरत – त्यो दियो

संघर्षरत त्यो दियो  – आँखा चिम्लेर एक चोटि सोची हेर त ! त्यो दियो तिमी नै हो जो संघर्षरत छौ । अहिले सफलताको पथमा छौ भने पनि अतितमा त एक पटक थियौ नै ।  हैन त  ???

ब्यवधानका हुरि चल्दा
जाग्दो, अझ जुर्मुराउँदो
आशाका किरण साथमा लिइ
निराशाका काला बादलबिच
निभ्दो , बल्दो
संघर्षरत – एक दियो ।

प्रकाश खोज्दछ त्यो
आफै भित्र छ ,जान्दैन बिचरो
आफ्नै छाँयासँग भागी हिड्छ
कति अज्ञानी – त्यो दियो ।

अन्धकारका गल्लि गल्लि बिच
धिप धिप एक उज्यालो
निष्कपट कालरात्री चिर्दै
गोरेटो देखाउँदो – त्यो दियो ।

गोरेटो !! एक अन्त्यहिन लक्ष्य
देखिदो , बिलाउँदो
फेरि टुप्लुक्क हराउँदो

दियो ! कति खोज्दो हो?
अन्त्यहिन लक्ष्यका पदचिन्हहरु
तेलको अधिन रहि
निस्सासिदो जिन्दगी जिउँदो – त्यो दियो ।।।

बलात्कृत म नेपाल

मेरो गल्ती
के नै थियो र ?
राम्री हुने चाह नै
दोष भयो, हैन र ?

आश त
तिमीले नै जगायौ
नयाँ जीवनको लोभमा
बम्बै सम्म पुर्‍यायौ
जसोतसो जिन्दगी त थियो
सुखद पलको सपनामा
सबै लुटिइगयौ

बम्बैको यो कोठी
कती भयावह छ
मात्र एक रातको खातिर
युद्द यहाँ भयानक हुन्छ
रगतले लतपतिएको मेरो शरीर
अनी शुन्यतामा भौतारिएको दिमाग
एक प्रश्न सोध्दैछन्
मात्र दुई छाकको लागि
मेरो अस्मिता दाउमा राख्नु
के जरुरी थियो ?

Ssss…hhh don’t tell it to anyone

Sss..hhh. Keep Quite. I will tell you the secret of mine. I haven’t share it with anyone before, neither with my friends nor with my family.

Each of us have some secrets hiding in one’s heart so securally that hard to search by others. But I couldn’t control it to hide anymore.I have to express it. My mom used to say that “Secret should be, always be.”means with one’s die it has to end. But upto when ? There is a limit of everything.

 

In the start of 2066 , I am revealing my one of TOP SECRET ……read it and do promise to make it secrect ………..

Read more »

गोलको भद्रगोल

 A mother takes twenty years to make his son brillient while a girl takes only two minute to make him dumb. कुरो सहि नै रहेछ । २२ महिनाको हुँदादेखी आमै बाटो यसरी काट्नुपर्छ भन्दै २२ बर्षे लक्का जवान बनाउँछिन अनी त्यही जवान जब जवानी महसुस गर्छ तब यस्तै हुँदोरहेछ । अब यसमा मेरो के दोष ? गोलो बाटुलो आँखा नै यस्ता राम्रा थिए कि म के भनु ?

ति गोलमटोल कन्यालाई हेर्ने सुरमा झन्डै हेर्‍या हेर्‍यै भको आफु, अगाडि या बडेमाको ट्याक्टर आको पनि चाल नपाको । अनी, भइएन त जिरो जिरो अन्डा ।

 यि गोल गोल चिज प्राय: सबै यस्तै हुँदारहेछन् । अब शुरुदेखी नै शुरु गरौ न । गोल (०) बाट सुरु हुने गणितका लेखाजोखा कतै गोलमाल भए पुरै गोलमाल भइ ब्यापारै चुर्लुम्म डुब्छ । जिन्दगी पनि त शुन्यबाट  शुरु भै शुन्यमै बिलाउँछ, रहन्छ त केवल उथुलपुथुल यात्राका पदचिन्हहरु । सुर्य गोल, सुर्यबाट उछिट्टिएर बनेको यो पृथ्वी गोल,पृथ्वीलाई घुमिरहेको चन्द्रमा गोल, चन्द्रमासम्म पाइला पुगाउने यि मानव दिमाग गोल (गिदिको आऋती पनि गोल गोल नै हुन्छ क्यार, हैन ?), ति दिमागबाट निस्केका बिचार , योजना यस्ता घुमाउरो गोल (चक्र) कि माउन्ट एभरेष्टबाट हानेको गोल स्ट्याचु अफ लिबर्टिमा थापेको पोस्टमा नै गोल हुने । ….. बर्ग कि.मि.को यत्रो बिशाल गोल (दुनियाँ)लाई एक बिन्दुमा समेट्न ति मानव दिमागले कती गोल गोल चक्कर काट्यो होला, कठै । गोल, अण्डा, जिरो, शुन्य, बिन्दु जे सुकै भन्नुस्, मात्र यती याद राख्नुस् कि यि यो गोलको भद्रगोल महा छ, अथाह छ । Read more »

एक जिन्दगी- A poem from frustrated mind

एक जिन्दगी
जीवनदेखि मृत्यू
गोल गोल वृत झै
शुरुदेखि अन्त्य
अनि यात्रामा भेटिइन्छ
मात्र -दुई क्षण सासको साथ ।

यात्रा अनवरत
सहयात्री अनगिनत
र पनि मन उदास
कारण- व्यक्ति पिच्छे फरक फरक।

भेटी बिरोधी एक तर्क

हरेक विषयमा ‘म’ को संयोजन लगाई लेख्नु सजिलो हुने रहेछ । यसर्थ पनि यस भेटी बिरोधी तर्कमा मैले भन्नै पर्ने हुन्छ – म भेटी बिरोधी हुँ । सानो सानोमा एक रुपैयाँको पनि लोभ लाग्ने भएकाले मन्दिरमा गएर भेटी चढाउनु मेरो मनलाई लोभले दिदैनथ्यो । तर पछि अलि ठुलो हुँदै गएपछि भने आफ्नै एक सिद्दान्तले रोकिरहेको छ । झट्ट हेर्दा कुरो रु एक को हो तर कुरा यहाँ एक भन्दा ठुलो भोकको हो ।

मानिस स्वभावैले जस्तो भएपनि उसँग जस्तो छैन भन्दा पनि केहि न केहि सिद्दान्त रहेकै हुँदा रहेछन् । हावाजस्ता लाग्ने (अन्यको लागि) त्यस्ता सिद्दान्त व्यक्ति आफै चाहेर पनि हटाउन नसक्ने रहेछ । भएन, यि सिद्दान्त त अलि सामाजिक मुल्य र मान्यता विपरित भए भनेर मनै मार्दा पनि तुष चाँही अन्तरमनमा गडेरै रहिरहने । हो, भेटी हिन्दु समाजको सभ्यता हो । भगवानको घर खाली हात जानु हुन्न भन्ने मान्यताको प्रतिक हो –भेटी । र यही मान्यताको विरुद्द छ मेरो सिद्दान्त जुन चाहेर पनि म बाट हट्न मानिरहेको छैन् । कुरा मात्र एक को हो र अलिक फरक ढंगले हेर्ने हो भने कुरा करौडौको हो र अझ मानवीय तवरले हेर्ने हो भने पेटीमा माग्न बसेका अपांग र अशक्त वृद्दवृद्दाको भोकको हो ।

तपाईं पशुपति प्रायश: गइरहनु हुन्छ भने मात्र २० मिनेट बाग्मती पूर्वी किनारमा बसी पशुपतितिर नियाल्नुहोस् । पशुपति उपल्लो परिसरबाट तल कालजयी मुर्ति(बाग्मती किनारमा अवस्थित) मा बर्षने भेटीका सिक्काहरुले तपाईं स्वयंलाई सोच्न बाध्य तुल्याउने छ –यो सब किन ?? सुख्खा जमिनमै चढाइएका ति भेटी स्वरुप सिक्काहरुलाई छेवैका बालकहरुले एक एक गरी टिपेको दृश्यले भलै कमसे कम यि बच्चाहरुले त पैसा कमाए भनि एक मनले सन्तोष गर्नुहुँदो हो तर तिनै भक्तिवादीहरुले जब पैसा खोलामा चढाँउछन् तब ??? सकि नसकि चुम्बक लगाई अथक प्रयास बाबजुद खोलामा फ्याकिएका पैसामध्ये मात्र १०% बालकहरुको हातमा पर्न जान्छ । भगवानलाई चढाउने एक अन्धविश्वासी दौडमा पैसाको अर्थको वेवास्ता किन ??? Read more »

पल्पसा – पुरक एक पराकाष्ठाको

तिन चिज छन् काठमाडौंमा जसलाई म असाध्यै घृणा गर्छु – बेला न कुबेलाको वर्षा , ताँइ न तुँइको ट्राफिक जाम र ढिलो काठमाडौं प्रवेश गरेको म । हो, काठमाडौंमा स्नातक गर्न नआउनु मेरो जिन्दगीको सबैभन्दा ठुलो गल्ति थियो र रहिरहने छ । हेरौ , समय र भाग्यले कतातिर डोर्‍याउँला ?? अनि यो वर्षा नि ?? वर्षा त वर्षको एक सिजन न हो कसैगरी व्यवस्था गरिएला । अब कुरा गरौ जामको , यो त सधै झेलिइन्छ यार । यो समस्याको समाधानै छैन त ? कुरो सिधा छ , सडकहरु सिधा हुनुपर्यो र यातायातको उचित तरिकाले व्यवस्थापन हुनुपर्यो । यो त भयो राज्य तथा सरकारको तर्फबाट सोचिने कुरो,तपाईंको तर्फबाट नि ???

मदन पुरस्कार विजेता नारायण वाग्लेको “पल्पसा क्याफे” एक जमानामा आफ्ना सीमाहरु पार गर्दै चरमोत्कर्षमा पुग्यो – समय नै त्यस्तै थियो । हरेक व्यक्तिका दृश्यझै सपना थिए, सपना साथै खाका थिए तर त्यसलाई विथोल्ने अपहरणकारीहरु पनि थिए । अहिले पनि समय उहि छ – मात्र कर्ताहरु अज्ञात छन् । खैर, यो लेखको विषय राजनिति तथा समसामयिक हुँदै हैन । धेरै जसो पाठकहरुले पल्पसा र दृश्यको प्रेम कुनै सुन्दर बगैंचामा हुर्काए होलान् । अनि दृश्यको आँखाबाट गाँउको परिवेश कुनै शान्त वातावरणबाट आभाष गरे होलान् । मेरो कुरा गर्नुहुन्छ भने पल्पसा मरी गाडीमै , दृश्यले ऋष्टिनालाई किस गर्यो गाडीमै अनि अपहरित पनि भयो -गाडीमै । अझ ऋष्टिना र दृश्यको हल्का प्रेम मिश्रित वार्तालापलाई साथ दिन माईक्रोले यो गित बजाएको थियो – “मेरे मौला मौला मेरे मौला , मतवाला में तो हुवा रे” – कता कता मन पर्न थालेको छ यो गीत – अनायसै मुस्कान छुटेझै हुन्छ गीत सुन्दा । कसरी ?? हजुर !  पुरै उपन्यास गाडीमै जो सकियो ।

म ढिलो छु , पल्पसा कृतिले पनि यो प्रमाणित गर्छ । अरुले पढेर थन्क्याइसकेपछि मैले पढ्न थालेको छु । तपाईंलाई कस्तो वातावरण चाहिन्छ कुन्नि ?? तर मलाई बानि झै लाग्न थालेको छ – गाडीमै पढ्न । ‘पल्पसा’ सकियो – अब पढेर पनि मन नपरेको “सोच” फेरि पढ्नु छ । मैले पहिलो पटक पढ्दा शायद नकारात्मक शक्ति हावी भएर पो हो कि , किताब मन नपरेको । फेरि पढ्नु छ, नयाँ उर्जाका साथ गाडीको कोलाहलबीच एकाग्र भई, एक फरक सोच लिएर “सोच” । Read more »

कथा एक तनिश्कको

“तनिश्क ! “
“हजुर !” चश्मा भित्रका बदामे आँखा हल्का भावमा म तिर जिज्ञाशु भए ।

यो क्याफेमा आज चन्द्रमा आफै आएर प्रकाश पारेझै भान भइरहेको छ । उसका खुला र लामो कपाल म वर्णन गर्न सकिरहेको छैन । विराटनगरको अमेरिकन लाइब्रेरीमा कसैले भनेका “भनाइ” लाई आफ्नो नोटबुकमा सार्दै गर्दा मैले यी अपरिचित मित्रलाई भनेको थिए ” Make your own quotation, never run to others” त्यतिबेलाको त्यो सानो कुराकानी अहिले फकिर्दै आएर काठमाडौंको यो व्यस्त क्याफेमा कफि गपसपमा परिणत हुदैछ । मलाई कता कता पत्यार नै लागिरहेको छैन ।

“You are too georgeous” के बोल्ने के, भेउ नपाइरहेको जिब्रोले आफै दिशा पत्ता लगायो ।
” I Know ” मुसुक्क हसाइँ , उसको तर्फबाट ।

विराटनगरस्थित उक्त लाइब्रेरीमा हाम्रो प्रथम पटक भेट हुँदा एकदम औपचारिक गफ भएको थियो , जुन अझै पनि केहि मात्रामा छ तर स्वाद अलि बेग्लै छ । करिब एक घण्टा जतिको कुराकानीमा वैचारिक कुस्ताकुस्ती मात्र भए “भनाइ” सँग सम्बधित, अहिले सोचिइन्छ यदी काठमाडौंमा उनि अनायसै नभेटिएको भए ?????

सधै झै साँढे पाँच, नेपाल यातायात , अफिसको काम , अनि उहि दिक्दारे जीवन , वाक्क भई झ्याल बाहिर जीवन नियालिरहेको थिए । अनायसै आँखा केहि आश्वर्यभावमा शंशकित भएको चाल पाँउछु । मलाई ठम्याउन धेरै बेर नि लागेन

“तनिश्क ???”
“हो” मैले भर्खर भोगेको आँखाको भाव उतिर सर्यो ।
म मात्र छक्क पर्दै मुस्कुराँउदै हल्का टाउको निहुराँउछु ।
“अमित ???” उसले जिज्ञाशु भई प्रश्न राख्न नपाउँदै मैले हो मा टाउको हल्लाए ।
” What a co-incidence ” उ चकित भकी थिई ।

उहि तनिश्क आज कता कता बिस्तारै बिस्तारै हेलमेल हुँदै जाँदा मेरो मन भित्र सुस्त सुस्त प्रभाव पार्दै छे । म उसलाई बताउन चाहन्छु तर यो आत्मिय रुपले बढ्दै गइरहेको मित्रतालाई पनि तोड्न चाहन्न । हल के होला ? पोखिइनु वा दबिनु ?

मात्र बस वाल्ल परेर उसैलाई हेरिरहेको थिए । सुपको चुस्किसँगै ‘व्हाट’ को संकेत स्वरुप उसका आँखिभौ चलमलाए । म आँखा फेर्छु ।
सकिन मन थाम्न र साहस गरेर भन्छु फ्याट्टसँग ” I Love You “
उसको चुस्की एकछिनको लागि अडिन्छ मुखसम्म लग्न नभ्याँउदै , बाटो बिराएझै ।

——- —— ———–

“हत्तेरिका”
किन हुँदाखाँदाको मित्रतालाई बलि चढाको होला मैले ? मेरो बारेमा के सोच्दै होली उसले ? पाँच महिना त भयो राम्ररी चिनजान भको, प्रेम प्रस्ताव गरिहाल्नु पर्ने म बेकम्फुसेलाई ? उफ । Read more »

शब्द बिनाको माया

झुकेको ओसिलो नयन
एक अन्तिम दर्शन मात्र
दृश्य देखी जान पाए
हुने थ्यो पर्याप्त

कसरी सम्भव छ ?
न बोलिबाट न आँखाबाट
पुरै असम्भव छ
न जतायौ माया कुनै भावबाट

माया ! बताइन्न मित्र
महसुस गरीइन्छ
महसुस गर्दै मात्र
भावाविहोर भइन्छ

उफ ! हे कवी महोदय
मनको कुरो मनमै राख्नु
अली बेठिक हो
भन्दै नभनी उनले सुनिन
भन्नु कति सम्मको उचित हो ?

ए मेरा पाठक महोदय
ढुकढुकीको सुमधुर संगीतमा
आँखा मदमस्त हुने गर्छन्
मायाको यो अलौकिक भाषामा
आवाज प्राय: हराउने गर्छन्

हे कवि महाराज
तिम्रो कविता तिमी नै जान
माफ गर, तिमीमा अल्झिए
भुल भयो अन्जान
अमित खोज्दै हिडिथें
कवि अमेत्य फेला परिगो
एक त बेहाल थियो जिन्दगी
अब त झन् कता हराइगो……… Read more »

सोच, प्रंशशा र कन्फुजन

 कोही कोही मात्र हुन् कि सबै उस्तै हुन्
एक दुईलाई छाडेर कि संसारै यस्तै हुन् 
बुझिनै गार्‍हो, नंगा भैकन पनि धोका
बाहिर जे देखिए नि प्रंशसाकै भोका

यि भोकाहरु किन यती सारो सारो चिच्याउँछन्
स्वच्छ मनले हात जोड्दा फेरी हाथ मलेको भनी डराउँछन्  
 

कोर्सका किताबसाथै बाहिरका पनि उत्तिकै महत्वपूर्ण छन् भन्ने आभाष पाउने बित्तिकै समातेका दुई किताब you can win र ‘सोच’ मध्ये ‘सोच’ पढदा पढदै फुरेको उपरोक्त हरफ ‘प्रंशशा’ मा केन्द्रित रहेको छ । ‘सोच’ पढदै जाँदा यस्तो लाग्यो कि लेखक प्रंशशाको भोको छ र कन्फुजन यस मानेमा कि ‘सोच’ का ‘म’ पात्र आँफै ‘सोच’ का पाठक हुन् कि हैनन् त ?

एक त ‘म’ हावी भएको पुस्तक त्यसमाथि प्रंशशाऋत शब्दहरुले लतपत्याइएको ‘सोच’ लगातार पढ्न भने मैले सकिन । पढ्दै, थन्क्याउँदै अनि फेरी तान्दै, कहिले सुरुबाट त कहिले पछाडिबाट, कहिले चाखले त कहिले टाइम पास हेतु तरिकाले ‘सोच’ लाई पार लगाइयो । चुरोटको एक पैसाबाट क्यान्सर अस्पताल खोल्ने प्रस्ताव गर्ने यि कर्ण शाक्य जती ‘सोच’ पढ्दै गयो उती कन्फुजनमा घेरिदै गए । घुमाउरो तरिकाले आफ्नो बिचार  नराखेर मैले यसो गरे त मैले उसो गरे भन्दा एक पटक किताब नै हुर्‍याइदिउ झै भएको थियो, थन्काँए मात्र ।

किताबका अगाडि र पछाडि गरी प्रंशशाऋत अक्षरहरुले आधा  किताबै  खाएका छन् । प्रंशशाका हुलमुलमा कुनै सुझावयुक्त तिखा पेच पनि आए होलान् तर ति समावेश छैनन् । के हरेक लेखक प्रंशशाकै भोका हुन्छन् ??? भावनामा बहेर आफुमा यिनैले गर्दा भएको केही हल्का परिवर्तन स्वरुप धन्यवाद दिदा फेरी अर्कै अर्थ लगाई हेरिनु कुरो आँफैमा अस्पष्ट छ । Read more »

म HIV +VE

What to say.. when the whole things r being silent..just to xtremlly sorry to myself..

संकटकालको घडी यो
आज हो कि भोलि हो
एक त्यान्द्रो साँसमा जो
भविश्य मेरो टिकेको

यो भोक नै यस्तो हो
बेस्कन च्यापिदिने
आँखा अघी अन्धकार छायो
अनी, जताततै बहकिदिने

म त निश्छल नै थिए
यो भोक जाग्रित गराउने तिमी व्यभिचारी
अनी भोकलाई नशा नशामा  पुर्‍याइ
बाटो बिराउन वाध्य गराउने हे ईश्वर ! तिमी अपराधी

म संघर्शरत थिए
आत्म अस्तित्व बचाव निम्ती
दु:खक दिन सकिएकै थिएनन्
यो HIV किन, के क लागि ????
Read more »

Follow

Get every new post delivered to your Inbox.